SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/९ गते
    ७३४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । पत्रकार शालिकराम पुडासैनी प्र करणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आ त्म ह त्यामा दुरुत्साहन गरेको कसूरमा मु द्दा दर्ता गराएको छ । सरकारी वकिलका तर्फबाट तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आ त्म ह त्यामा दुरु त्साहन गरेको कसूरमा मु द्दा पेश गरिएको हो ।

    अब अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ । पत्रकार शालिकराम पुडासैनीको प्र करणमा ‘आत्मह त्या दुरुत्साहन’ मुद्दा लागेका रवि लामिछानेको बयान भोलि मात्रै हुने भएको छ।आज अभियुक्त अस्मिता कार्की (रुकु) को बयान सकिएको जिल्ला अदालत चितवनले जानकारी दिएको छ । चितवन जिल्ला अदालतका अनुसार आइतबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो। सुरुमा अस्मिताको बयान लिइएको छ।

    ‘आइतबार अस्मितासँग बयान लिइएको छ’, श्रेस्तेदार गिरीले भने, ‘रवि लामिछाने र युवरा कँडेलको बयान समय अभावले आज हुन सकेन।’ उनका अनुसार उनीहरुको बयान सोमबार हुनेछ। बयानपछि थुनछेक बहस हुनेछ। बयानका क्रममा अस्मिताले पुडासैनीको आ त्मह त्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन् ।पुडासैनीले भिडियोमा भनेका कुराहरु कपोलकल्पित भएका कारण मैले सफाई पाउनुपर्छ भन्दै उनले अदालत सामु माग राखेकी छन् । उनले आफूमाथि लागेको आरोपबाट सफाइ पाउनुपर्ने बताएकी छन् ।

    अदालतको आदेश नआएसम्म तिनै जनालाई न्यायिक हिरासतमा राखिने छ । बयान लिने क्रम आइतबार नसकिएपछि सोमबार १० बजेबाट पुनः सुरू हुने भएको हो। बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ। आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आ त्मह त्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं