SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/८ गते
    ११५० &#२३४६;&#२३३५;&#२३२५;

    प्रभा श्रेष्ठ मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा “Preserving Culture Raising Hope” नारा सहितको तीज कार्यक्रम मेरिल्यान्ड सिटी काउन्सिलका मेयर नातालिय अब्बाउडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष जमुना पराजुलीले स्वागत मन्तब्य ब्यक्त गर्नु हुँदै तीज नेपाली महिलाहरुको महान चाड भएको र बिशेषत: यस्लाई सामाजिक उदेस्य सहित संचलान गर्न पाएकोमा गर्ब महसूस भएको बताउनु भयो ।

    यो संस्थाले प्रत्येक बर्षको तीजबाट संकलित रकम नेपालमा हिंसा पिडित महिला तथा बालिकाहरुको सहयोगको लागि प्रयोग गर्दै आइरहेकोमा यो बर्ष पनि सोही प्रायोजनकै लागि प्रयोग गरिने जानकारी संस्थाकी कोषाध्यक्ष प्रभा श्रेष्ठले जानकारी दिनु भयो ।

    प्रबेश शुल्क १५ डलर राखिएको उक्त कार्यक्रममा ६ सयभन्दा बढीको उपस्थिति रहेकोमा नेपालबाट भिजिट भिसामा आउनु भएका आमाबुबा, विद्यार्थी, केटाकेटीहरुलाई भने नि:शुल्क प्रबेशको ब्यबस्था गरिएको थियो । कार्यक्रममा आमन्त्रित अतिथि कलाकारद्वय गायक सन्जिब पराजुली तथा गायिका टिका प्रसाईलाइ समितिका तर्फबाट प्रभा श्रेष्ठ र जमुना पराजुलीले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

    कार्यक्रममा Ms Nepal Earth Anupama Aura Gurung, Beauty Queens Ms Australia Universal 2017 Somaiye Kadivar, Mrs Turkey Globe 2018 Arzum Caglayancay, Mrs Oceania Pacific 2018 Ananya Chakrabarty, Ms South Asia Universal 2017 Hima Himani, Mrs Coral Sea Globe 2018 Eloise Grace, बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु लगायत मेलबर्नको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका नेपाली एबं बिदेशीहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कर्के नजर, नाइँ मलाइ थाहा छैन, एउटा कुरा भनौ, पहिलो भेटैमा जस्ता बिभिन्न लोकप्रिय गीतहरु गाइसकेका आजका चर्चित लोकप्रिय गायक गायिका सन्जिब पराजुली तथा टिका प्रसाईका बिभिन्न गीत तथा तीजका गितहरुमा नेपालीहरुसंगै बिदेशीहरु पनि नाचे ।

    कार्यक्रमका प्रमुख आकर्षणमा संस्थाका कार्यकारी सदस्य बर्षा राजभण्डारीले संयोजन गर्नु भएको आमा-छोरीको ग्रुप डान्स, Children Entertaining Corner को ब्यबस्था, Sari and Traditional Jewellery Stall, केटाकेटीहरुका लागि Face Painting , Free Photography, Beauty Pageants आदि थिए । कार्यक्रममा आमन्त्रित अतिथिहरुले नेपाली महिलाहरुलाई तीजको शुभकामना दिए ।

    दिव्या सङ्गामी, मोनिका तामाङ्ग, रुची गौतमद्वारा संयुक्त रुपमा संचलान गरेको उक्त कार्यक्रममा आयोजक संस्थाका कार्यकारी सदस्य निर्मला नेउपानेले कार्यक्रम सफलतापूर्बक सम्पन्न गर्न आ-आफ्नो तर्फबाट साथ र सहयोग गर्नु हुने सम्पूर्ण कलाकार, स्पन्सर, संचारकर्मी, स्वयं सेवक, उपस्थित नेपाली समुदाय, संस्थामा आबद्ध प्रतिनिधिहरुप्रति हार्दिक आभार प्रकट भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका...

    रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल...

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त...

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण...

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं