SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/८ गते
    १०७३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ।  श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो।

    महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। नागरिक दैनिकले खबर छापेकाे छ ।

    पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए।

    ‘प्रहरीले खबर गरेपछि गएका हौं,’ अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहितका कागजात प्रहरीले बरामद गरेको छ।’ प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताए। ‘अनुसन्धान सकिएपछि सबै विषय प्रस्ट बाहिर आउँछ,’ सुवेदीले भने, ‘अनुसन्धान भइरहेको विषयलाई मिडियाले पनि बाहिर नल्याउँदा राम्रो।’

    श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारमा कोठा लिएको खुलेको छ।

    पुडासैनी मृत्युको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। गत बिहीबार प्रहरीले उक्त कोठा खोलेर केही सामान बरामद गरेको हो। पुडासैनीले गत फागुनदेखि उक्त घरमा कोठा भाडामा लिएको घरधनी न्यौपानेले बताइन्। पुडासैनी राति बस्ने नभएर दिउँसोमा त्यहाँ पुग्ने गरेका थिए।

    ‘शनिबारको दिन दिउँसोमा एकजना केटी लिएर एकदुई हप्तामा आउनुहुन्थ्यो,’ नौपानेले शनिबार नागरिकसँग भनिन्, ‘केटी को हो भन्ने थाहा भएन।’ पुडासैनीले भाडा लिएको कोठा घरको भुइँतलामा छ। कोठाभित्र पसेर निस्केको पनि उपल्लो तलामा बस्ने घरधनीले धेरै थाहा पाउँदैनन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अपाङ्गताको क्षेत्र हाम्रो प्राथमिकतामा छ, यो मुद्वामा सरकार संवेदनशील छ : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस...

    गण्डकीमा बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम हुँदै, :पब्लिक फोरके

    पोखरा । ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ।।।बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको...

    युवापुस्ता माझलोक प्रिय गायक शुसान्त घिमिरे लाइभ कन्सर्टका लागि पोखरा आउदै

    पोखरा।युवापुस्ता माझ प्रिय गायक शुसान्त घिमिरे आफ्ना गीत सहित पोखरा आउदै छन् । युवाहरुलाई मनोरञ्जन...

    पोखरामा नाटक जानकी मञ्चन हुँदै

    पोखरा ।पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको...

    लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा

    अजय मिश्र,कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंक गेट स्थित बाट ५०५...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं