SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/७ गते
    ११०४ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना हेमजा,।
    पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित अनबरत कृषि सहकारी संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले सफल्ताको शुभकामना ब्यक्त गर्दै सहकारीले बर्षमा कम्तीमा १० जनालाइ तालिम प्रदान गरि आत्मनिर्भर बनाउन आवान गरे पनि प्रभाबकारी बन्न नसकेको कुरा उल्लेख गर ।

    कार्यक्रममा सहजकर्ता, अधिबक्ता एवं समाजसेवी भीमप्रसाद श्रेष्ठ, बहुउदेसिय किसान सहकारी सस्थाका अध्यक्ष धर्मराज बाँस्तोला, हेमजा सञ्चार सहकारी सस्थाका अध्यक्ष मिनराज तिम्सिना, गौरिसंकर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष केशबशरण पौडेल, सफल कृपा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष धनबहादुर थापा, हेमजा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष होतराज त्रिपाठी, त्रिब्रिकोट कृषि सहकारी सस्थाका सचिब श्रीराम त्रिपाठी, हेमजा भु.पु. सैनिक कृषि सहकारी सस्थाका सचिब सुरेस सापकोटा र सहकारीकर्मी सन्तोस घिमिरे लगाएतले सहकारीलाई सफल्ताको शुभकामना दिएका थिए ।

    सहकारीको शेयर पुजि ७१,७८,१०० रहेको सहकारीको कर्जा लगानी २,३२,२९,६७४ छ भने निक्षेप संकलन १,९८,६१,७५३ भएको सहकारीका ब्यबस्थापक जिबन तिम्सिनाले बताए । कार्यक्रममा उत्कृष्ट बचत तर्फ सर्मिला अधिकारी तिम्सिना र कर्जा तर्फ बिबा कुमारी पाण्डेलाई सम्मान गरिएको थियो । उक्त अबसरमा सहकारीले महिलाहश्रुको महान पर्व हरितालिका तिज बिषेस कार्यक्रम गरेको छ ।

    सहकारीका अध्यक्ष मोतिराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयोजक इन्दिरा कुमारी खत्रीले सहकारीका सात सिद्धान्त बाचन र सञ्चालन कोषाध्यक्ष जिवन तिमिल्सनाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं