SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/७ गते
    ८७४ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल कुस्मा पर्वत।
    पर्वतको मोदी गाउँपालिका ६ तिलाहरको मुलाखोल्सा स्थित खानेपानी ट्याङ्कीको शिलन्यास गरिएको छ । वार्ड नम्वर ६ को करिव ६ लाखको लागतमा वन्न लागेको ट्याङ्कीको शिलन्यास शनिवार एक कार्यक्रमका विच मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले गरेका हुन् ।

    शिलन्यास गर्दै नेकपाका युवानेता तथा वार्ड नम्वर ६ का अध्यक्ष लामिछानेले निमार्णधिन ट्याङकीको समयमानै सम्पन्न गर्न आग्रह गरे । स्वच्छ रहनका लागि शुद्ध पानीको आवश्यकता रहने भन्दै ट्याङकीको निर्माण पश्चात करिव २ सय घरधुरीका वासीन्दा लाई पानीको हाँहाकार नहुने वताए । पानीको मुहान जोकोहीको जग्गाभित्र पर्ने भएपनी सवैको साझा हुने भन्दै लामिछानेले सार्वजानिक सम्पतीको संरक्षण सवै मिलेर गर्नुपर्नेमा जोड दिए ।

    सामाजिक हितका कार्यहरुमा कसैले अवरोध गर्न नहुने भन्दै लामिछानेले निर्माणधिन ट्याङकीको लागि वजेट अभावमा आँफुले वार्ड वाट सक्दो पहल गर्ने वताए । तिलाहार डिमुवा वासीको उपस्थितीमा गरिएको शिलन्यास कार्यक्रमममा डिमुवा टोल सुधार समिती अध्यक्ष तथा खानेपानी उपभोक्ता समितीका अध्यक्ष तथा समाजसेवी दिपेन्द्र जङ्ग लामिछानेले खानेपानीको ट्याङ्की समयमानै सम्पन्न गर्न सवै उपभोक्ताहरुको जनश्रमदान र सहयोग रहने कुरामा आँफु विस्वस्थ रहेको वताए ।

    डिमुवा टोल सुधार समिती अध्यक्ष तथा खानेपानी उपभोक्ता समितीका अध्यक्ष दिपेन्द्र जङ्ग लामिछानेको अध्यक्षतामा गरिएको शिलन्यास कार्यक्रमको सञ्चालन मीठुलाल सिकेको गर्नुभएको किशोर मनस्वीले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बालकृष्ण खाणले न्याय पाउनुहुन्छ :शेरबहादुर देउवा

    भैरहवा (रुपन्देही) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी...

    बाहिर चर्को भाषण ओलीको , सिंहदरबार र बालुवाटारमा प्रचण्डसँग भेटवार्ताको लर्को

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुक र जनतालाई पार लगाउन...

    दलबलसहित प्रदर्शनमा हिँडेका दुर्गा प्रसाईँलाई बाटोबाटै फर्काइयो

    काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले संघीय लोकतान्त्रिक गणतन्त्र...

    अब गौर हत्याकाण्डका हत्यारालाई पक्राउ गरेर राज्यलाई बुझाउँछौं : प्रभु साह

    काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई आफूहरुले पक्राउ गरेर सरकारलाई बुझाउने...

    दुर्गा प्रसाईं समूहको गौशालामा प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

    काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं