SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/६ गते
    ६७८ &#२३४६;&#२३३५;&#२३२५;

    अमृत भट्टराई, बिहादी, पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका वडा चार मा रहेकोे लक्ष्मी भवन माध्यमिक विद्यालय बिहादी ४ वहाकी लिग्सिङ्बनपाले आफ्नो ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको ३ दिने कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन अध्यक्ष मनरूपा भुसालको अध्यक्ष्ातामा सञ्चालन भएको कार्यक्रममा बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसार भुसाल रहनुभएको थियो ।विशिष्ट अतिथिमा बिहादी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी , बिहादी गाउँपालिका का शिक्षा अधिकृत कृष्णप्रसाद आचार्य , बिहादी गाउँपालिका वडा नम्बर ४ वहाकीका वडा अध्यक्ष भीमबहादुर श्रेष्ठ ,शिक्षक अभिभावक संघका अध्यक्ष हिमाल भुसाल , विद्यालय का प्र. अ दुर्गाप्रसाद भुसाल लगायतका को उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै बिहादी गाउँपालिका अध्यक्ष भुसालले भने विद्यालयको शिक्षा सुधारका लागि पहिले घर परिवारबाट नै शिक्षाको सुधार गर्ने पर्ने बताए बिहादीको शिक्षाको लागि गाउँपालिका बाट हुने सबै कार्य अगाडि बढाउने बताए पछिल्लो समय विद्यार्थीलाई पढाउने भन्दापनि आफ्नो घरपरिवारले मोबाइलमा विद्यार्थीलाई भुलाउने गरेको बताए

    तेस्तै वडा अध्यक्ष श्रेष्ठले भने बिहादी गाउँपालिका को शिक्षा सुधारका लागि गाउँपालिका शिक्षा शाखाले महिना को एकपटक अनुगमन गर्न मागसमेत गरेका थिए । बिहादी गाउँपालिका शिक्षा अधिकृत आचार्यले भने पछिल्लो समय बिहादीको शिक्षा मा धेरै सुधार भएको बताए ।

    विद्यालयले विभिन्न कार्यक्रम साथै पुरस्कार वितरण सँगै बिहादी गाउँपालिका अध्यक्ष कमल प्रसार भुसाल , बिहादी गाउँपालिका का शिक्षा अधिकृत कृष्णप्रसाद आचार्य , बिहादी गाउँपालिका वडा नम्बर ४ वहाकीका वडा अध्यक्ष भीमबहादुर श्रेष्ठलाई विद्यालयले समान गरेको थियो कार्यक्रम विद्यालयका शिक्षक दामोदर चापागाईं र शिक्षिका गीता भुसालले गर्नुभयो थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका...

    रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल...

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त...

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण...

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं