SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/४ गते
    ६७१ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलवस्तु । पछिल्लो निर्बाचनमा ने क पा संग राजनीतिक गठबंधन गरी निर्बाचनमा भाग लिएको स्वतंत्र समुहको भादौ महिना भित्र काठमाण्डौमा बैठक हुने भएको छ ।स्वतंत्र समूहका संयोजक पूर्ब मंत्री एवं सांसद हृदयेश त्रिपाठीले समूहको विस्तारित बैठक समसामयिक राजनीतिक परिस्थिति तथा सरकारको कामकाजको समीक्षाका साथै स्वतंत्र समुहको भावी रणनीति तैयार गर्नेमा केंद्रित रहने बताउनु भएको छ ।

    पछिल्लो समयमा नारायणी पश्चिमका जिल्लाहरूमा मात्र सीमित रहेको स्वतंत्र समूह हाल पूर्बी जिल्लाहरूमा पनि बिस्तार भई सकेको छ ।काठमाण्डौमा हुने बैठकमा किसानहरुको मलखाद्यको समस्या, उखुको उचित मूल्य र भुक्तानिको समस्या,तथा नेपाली कस्टमको नया नीति ले नेपाल भारत सीमा क्षेत्रमा उत्पन्न हुन गएको जटिल समस्याको सम्बन्धमा पनि गहन छलफल हुने स्वतंत्र समुहका नेता एवम पूर्व मंत्री ईश्वर दयाल मिश्र ले बताउनु भएको छ ।

    सीमा क्षेत्रमा देखियेको समस्या समयमा नै समाधान गरिएन भने भारत बाट नेपाल आउने पर्यटकको संख्या घटनुको साथै ब्यापार ब्यवसाय समेत प्रभावित हुने छ ।नेपाल भारत सीमा क्षेत्रमा देखिएको बर्तमान अवस्थाले दुबै देश को जनस्तरको सम्बन्धलाई पनिआगामी दिनमा प्रभावित गर्ने निश्चित रहेको र सरकार यसमा सचेत हुनु पर्ने नेता मिश्रले बताउनु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं