SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२ गते
    १३७२ &#२३४६;&#२३३५;&#२३२५;

    अस्ट्रेलिया।
    अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय पाँच बर्षिया शायना चालिसे र दुई बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० “A Home For Orphans and Abandoned Children” नारा रहेको सामाजिक संस्था बिरुवा नेपाललाई हस्तान्तरण गर्नु भएको छ ।

    बिरुवा नेपालमा हाल २० जना बालबालिकाहरुले पठन पाठन लगायत लवाइ खुवाई र बसोबासको सुबिधा पाइरहेका छन् र यो क्रम बढ्दै जाने जानकारी दिनुहुदै कुनै नाफाका लागि नभै बिशुद्ध सामाजिक कार्यका लागि कृयाशिल संस्थालाई यसरी माया गरेर सहयोग गरेकोमा बिरुवा नेपालका संस्थापक गौतम लामिछाने र उहाँकी धर्मपत्नी पद्मा पाण्डेले सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेप्रति आभार ब्यक्त गर्नु भयो ।

    चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध हुनुभएको पबित्रा समाज नेपाल मार्फत सहयोग पुर्याएकोमा दुई बर्ष अघि भने भने जन्मदिन मनाउने दिनमा नै अर्की छोरी समिकाको जन्म भएकोले जन्मदिन मनाउन पाउनु भएको थिएन ।

    गत बर्ष दुबै छोरीको जन्मदिन मनाउने क्रममा ५०० डलर लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएकोमा श्रेष्ठले देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लाग्ने प्रण गरेकी नायिका स्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदायकी एउटी बुहारीको रुपमा “स्वेता-श्री फाउण्डेशन” को पहिलो उदेश्य भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने उद्धेस्य अनुरुप सो समुदायका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकोले सो परियोजनामा केही इट्टा थप्न सहयोगी हुने किसिमले सो रकम स्वेता खड्का सो बेलामा अमेरिकाबाट नेपाल फर्कने बित्तिक्कै हस्तान्तरण गरिने बताए अनुरुप नै उहाँ अमेरिकाबाट फर्के लगत्तै रु ५०,००० हस्तान्तरण गरिएको थियो ।

    यसरी चालिसे दम्पत्तिले आफ्ना छोरीद्धयको जन्मदिनका अबसरमा प्रत्येक बर्ष सामाजिक कार्यमा निस्चित रकम हस्तान्तरण गर्ने प्रचलन नै बसालेका छन जुन अनुकरणीय र प्रेरणादायी छ । शायना र समिका चालिसे दुबैलाई जन्मदिनको हार्दिक शुभकामना!!!

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं