SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३२ गते
    ८८१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी भएको कुराको खण्डन गरेका छन्। आफूलाई भेट्न आएका झापाका जनप्रतिनिधिहरुसँग शुक्रबार बिहान कुरा गर्दै प्रधानमन्त्री ओलीले एकछिन बिरामी भएर सुत्दा सञ्चारमाध्यमले जथाभावी समाचार लेखिदिएको दाबी गरेका छन्।

    बालुवाटारस्थित भरिभराऊ बैठक कक्षमा प्रसन्न मुद्रामा प्रवेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोधे, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो?’, त्यसपछि ताजगीपूर्ण मुद्रामा उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। आफ्नो प्रतिक्षा गरिरहेका झापा क्षेत्र नं. ५ का अगुवा कार्यकर्तालाई पार्टी सचिवालयको बैठकको अध्यक्षता गर्न जानुअघि संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन्।

    उनले आफू १५ वर्षअघि बिरामी भए पनि अहिले तन्दुरुस्त रहेको जिकिर गरेका छन्। आफ्नो स्वास्थ्यबारेका समाचार पनि हाँगा हालेर आएको भन्दै प्रधानमन्त्रीले कटाक्ष गरे। ‘म सिकिस्तै भएको खबर सुनेर आउनु भएको होला । म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन। एउटा सिटामोल खाइदिएपछि सबै निको भयो’, उनले भने, ‘हिजो ९९ देखि १०० डिग्री ज्वरो आएर एकछिन् आराम गरेको थिएँ। बाहिर त हाँगा हालेर खबर आइसके छन्।’

    झापा ५ नम्बर निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणबारे चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे चलाइएका निराधार हल्लाको प्रसंग पनि उल्लेख गरे। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे सरोकार राख्ने शुभचिन्तकसँग ढुक्क रहन भने।

    ‘गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु’, उनले भने, ‘डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०–२५ वर्ष केही हँुदैन भन्छन्। त्यस कारण म बिरामी होइन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं