SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३१ गते
    १२१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई भेटेका छन् । उनले आफूविरुद्ध पार्टीभित्रैको केही तत्वले समाजमा नकारात्मक भावना फैलाउन खोजेको अरोप लगाएका छन् ।

    प्रधानमन्त्री ओली सिंगापुर भ्रमणमा रहेका बेला नेता ईश्वर पोखरेल निकट मानिने केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्डको भाषणलाई लिएर सामाजिक सञ्जाल फेसकुबमार्फत कडा टिप्पणी गरेका थिए । प्रचण्डको ‘लपेटो’ अभिव्यक्ति प्रति थापाको आपत्ति थियो । प्रचण्डले ओलीसँगको भेटेर पार्टीभित्र अनुशासनहीनता बढेको र समयमै नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

    रक्षामन्त्रीसमेत स्थायी समिति सदस्य ईश्वर पोखरेलको डिजाइनमा थापाले आफ्ना विरुद्ध प्रचार गरेका प्रचण्डले दावी गरेको स्रोतले जानकारी दियो । जनयुद्ध र त्यसको नेतृत्वकर्ता आफूमाथि पार्टीको जिम्मेवार तहमै रहेका नेताबाट भ्रमपूर्ण प्रचार गरिनु आपत्तिजनक रहेको बताए ।

    जवाफमा ओलीले पार्टी नेतृत्वविरुद्ध जथाभावी बोल्नेलाई कारबाही गर्ने भन्दै ईश्वर पोखरेललाई बोलाएर सम्झाउने बताएका छन् । प्रचण्डसँगको भेटलगत्तै ओलीले पोखरेललाई बोलाएर भेटेका छन् । त्यस क्रममा उनले सूर्य थापालाई सम्झाउन भनेका थिए । इमेचीबाट लिइएको ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं