SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३० गते
    १०८४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। पोखरा २७ अर्घौचोकमा अवस्थित त्रिवेणि पब्लिक माविद्धारा नयाँ शैक्षिक सत्र २०७६ का लागि कक्षा ११मा भर्ना हुने नव आगन्तुक विद्यार्थी तथा अभिभावकहरुलाइ स्वागत कार्यक्रम बुधवार सम्पन्न गरेको छ। बिद्यालय व्यस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

    विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थी अभिभावक तथा विद्यालय प्रशासन बिच त्रिपक्षिय करारनामा पत्रमा हस्ताक्षर समेत गरिएको थियो । विद्यार्थीको उज्जवल भविष्यको लागि विद्यार्थी अभिभावक तथा विद्यालय प्रशासन सबै उतिकै जिम्मेवारी रहेको उक्त कार्यक्रमका वक्ताहरुले धारण राखेका थिए । पढाई प्रति जिम्मेवारी र लगनशिल हुन सबै विद्यार्थीहरुलाई अनुरोध समेत गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि वडा २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले विद्यालयलार्इ आगामि दिनमा प्राविधिक शिक्षातर्फ पनि जोड दिन आग्रह गर्दै विद्यार्थीको सकारात्मक कार्यलाइ वडाले सधै साथ दिने बताउनुभएको थियो।

    त्यसैगरी इलाका प्रहरी कार्यलय डाँडाकोनाकका प्रमुख मोहन बिक्रम खाणले विद्यार्थीहरुलाई खराब सङ्गतमा नपर्न र लागुऔषध दुर्ब्यसनबाट जोगिन आग्रह गर्नुभएका थिए। कार्यक्रममा बिद्यालयका प्लस टु संयोजक गोबिन्द भण्डारिले स्वागत मन्तब्य राख्दै बिद्यालय र अभिवाक सधै विद्यार्थीको शैक्षिक उपलब्धिको लागि सहकार्यमा रहनु पर्ने भएकाले आफ्नो नानिबाबुको प्रगती विवरण बुझ्न बिद्यालयमा आइराख्न आग्रह गर्नु भएका थिए।

    हरेक वर्ष विद्यालयलाई समय सापेक्ष शिक्षा प्रदान गर्न जिम्मेवारी थपिएको भन्दै विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले नव आगन्तुक विद्यार्थीहरुलाई आफ्नो शैक्षिक भविष्य उज्जवल बनाई त्रिवेणी पब्लिक माविलाई ज्ञान आर्जनको थलो बनाउन आग्रह समेत गरेका थिए ।

    यस शैक्षिक सत्रमा त्रिवेणी पब्लिक मावि कक्षा ११ मा १५० विद्यार्थी भएको विद्यालय प्रशासनले जनाएको छ । वि।स २०५२ सालमा स्थापना भएको विद्यालयले हाल कक्षा ११ र १२ मा होटल म्यानेजमन्ट र म्यानेजन्ट विषयहरु अध्यापन गराउदै आइरहेको छ । कार्यक्रम विद्यालयका संस्थापक सदस्य प्रकाश सुवेदि, विद्यार्थीहरु दिपेश थापा र दिक्षा शाहले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं