SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३० गते
    १३५७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत– गैर आवसिय नेपाली संघ (एनआरएनए) बेल्जियमका उपाध्याक्ष खड्क के० सी० ले एनआरएनए को नयाँ कार्य समिति चुनावका लागि बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने बताउनु भएको छ । केसीले एनआरएनए बेल्जियमको आगमी निर्वाचन (२०१९–२१) कार्यकालको लागि बरिष्ठ उपाध्याक्षमा उम्मेवारी दिने घोषणा गर्नुभएको हो ।

    एनआरएनए लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध केसी ब्यवसायी संघ बेल्जियममा सचिव र साँग्रीला समाज बेल्जियमका अध्यक्ष समेत हुन् । एनआरएनए बेल्जियमले सन् २०१८ मा आयोजना गरेको नेपाल महोत्सवमा संयोजक भएर अहिले सम्म भएका सबै नेपाल महोत्सव भन्दा भव्य रुपमा सफल पार्नुभएको थियो भनि बेल्जियम स्थित जनसमुदायले जानकारी गराउनु भयो।

    व्यावसायिक तथा सामजिक अभियान्त केसी स्वच्छ छवी भएको व्यतित्वको रुपमा परिचित छन् ।सामजिक कार्यक्रममा सक्रिय केसी परोपकारी काममा दिनरात खट्ने व्यक्ति हुन्।सामजिक कार्यमा हामी निस्वार्थ भावनाले लाग्नुपर्छ, एनआरएनए पनि एउटा गैर नाफा मुलक परोपकारी संस्था हो ।

    मैले एक कार्यकाल उपाध्याक्ष भएर बिभिन्न कार्यक्रमहरुको संयोजक भएर काम गरिसकेको छु । अग्रजहरुको सल्लाह र साथीभाईहरुको सुझाब अध्यक्ष मै जानु भन्ने थियो तर पनि काम गर्दे बिस्तारै अगाडी बढ्नु पर्दछ भन्ने उदेश्यका साथ मैले बरिष्ठ उपाध्याक्षमा उम्मेदवारी घोषण गरेको हुँ ।गत निर्वाचनमा निर्वाचित बनाएर बेल्जियमवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले उपाध्याक्ष भएर सेवा गर्ने मौका दिनुभएको थियो, त्यसरी नै यस पटक पनि मलाई सेवा गर्ने मौका दिनुहुनेछ भन्ने मैले पुर्ण विश्वास लिएको छु ।’

    ‘मेरो काम गर्ने शैली, स्वाभाव र मेहेनतलाई बेल्जियमवासी नेपालीहरुले बुझ्नुभएको छ–केसीले भन्नुभयो । सर्बसम्मत हामी सबैको चाहाना हो तर सर्बसम्मत हुन नसकेको खन्डमा प्रजातान्त्रिक पद्धतीवाट निर्वाचन गर्नुपर्ने केसीको भनाई छ । बेल्जियम भाषाको राम्रो दखल भएका केसी पर्वत जलाजला गाउँपालिका ८ नाग्लिवाङ निवासी हुन् ।

    सफल व्यवसायीका रुपमा परिचित सामजिक अभियान्तका रुपमा परिचित के सी बेल्जियमको राजनितीमा पनि १ पटक लुभेन नगरपालिका सदस्य र बेल्जियमको केन्द्रीय संसदको लागी उमेदवार समेत भएर झिनो मतले पराजय भएपनि नेपाल र नेपालीलाई बेल्जियममा चिनाउन समेत सफल रहेका के सी ले सम्पुर्ण नेपाली बुवा ,आमा दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग को लागी अनुरोध गर्नु भएको छ । केसी श्रीमती र दुई छोरा सहित दुई दशक देखी बेल्जियममा बस्दै आउनुभएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं