SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२८ गते
    १०५३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । रोगको सही पहिचानका लागि भरपर्दो रिपोर्ट आवश्यक भए पनि प्रयोगशालापिच्छे फरक–फरक रिपोर्ट आउने गरेको पाइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

    यसकारण, प्रयोगशालाले दिने रिपोर्टमाथिको विश्वसनीयतामै प्रश्न खडा हुन थालेको छ । अनधिकृत रूपमा ल्याब सञ्चालन भइरहेकाले यो समस्या आएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ‘ए’ वर्गमा सात, ‘बी’ वर्गमा २९ वटा, ‘सी’ वर्गमा १ सय ९६ वटा र ‘डी’ वर्गमा ५९ वटा ल्याब दर्ता भएका छन् ।

    देशभरका अधिकांश प्रयोगशालाले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । यसकारण, ल्याबको गुणस्तरीयतामाथि नै प्रश्न उठ्न थालेको छ । फार्मेसीपिच्छे ल्याब भए पनि कतिपय ल्याब दर्ता प्रक्रियामा आउन नमान्दा अनधिकृत रूपमा सञ्चालन भइरहेका छन् । स्रोतका अनुसार देशभर ४ हजार ५ सय वटा ल्याब छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले ल्याबको गुणस्तरीयताबारे अनुगमनलाई तीव्र पारिएको बताइन् । उनले भनिन्, ‘औषधि व्यवस्था विभाग र स्थानीय तहसँग सहकार्य गरेर औषधि पसलका ल्याबको अनुगमन गर्ने संयन्त्र बनाउने योजना बनाएका छौं । छिट्टै अनुगमन गर्ने तयारीमा छौं ।’उनले ‘ए’ र ‘बी’ वर्गका ल्याब केन्द्रले र ‘सी’ र ‘डी’ वर्गमा पर्ने ल्याबको स्वास्थ्य निर्देशनालयले हेर्ने गरी क्षेत्राधिकार छुट्याइएको बताइन् ।

    केही दिनअघि सुर्खेतका अस्पतालका ल्याबको अनुगमनको क्रममा न्यूनतम मापदण्ड नपुगेका पाँच वटा ल्याबलाई कारबाही गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार ल्याब दर्ता नहुँदा एउटै बिरामीको रिपोर्ट प्रयोगशालापिच्छे फरक–फरक आउने गरेको छ ।उनले भने, ‘दर्ता नभएका ल्याबहरू धमाधम चलिरहेका छन् । त्यस्ता ल्याबलाई कारबाही गर्ने अधिकार हामीसँग छैन ।’

    उनले दर्ता भएका ल्याबको केन्द्रीय प्रयोगशालाले ‘क्वालिटी कन्ट्रोल’ गर्ने र ल्याबको गुणस्तरीयताबारे सुझाव दिने काम गरिरहेको बताए ।

    उनले सबै प्रयोगशालामा परीक्षणपश्चात् रिजल्ट लेख्ने युनिटहरू एकै किसिमको लागू गर्न आवश्यक रहेको बताए । सबै ल्याबले अन्तर्राष्ट्रिय स्तरको एउटै विधि लागू गरे नेपालभरका ल्याबको रिपोर्ट एकै प्रकृतिको आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बताउँछ । उटै विधिबाट रिपोर्ट आए रिपोर्टले मान्यता पाउने र त्यसको गुणस्तरीयता बढ्ने बताइएको छ । प्रयोगशालामा प्रयोग गरिने केमिकलको मापदण्ड सरकारी निकायबाट तोकिनुपर्ने भए पनि त्यसो हुन सकेको छैन ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सबै प्रयोगशालाका गुणस्तर र मापदण्ड नियमित रूपमा अनुगमन गरिने भएको हुनाले प्रयोगशालाअन्तर्गतको बाह्य गुणस्तर नियन्त्रण प्रक्रियामा सम्पूर्ण प्रयोगशाला सामेल हुनुपर्ने प्रयोगशालाले जनाएको छ ।

    प्रयोगशालाका अनुसार ‘ए’ समूहमा पर्ने प्रयोगशालामा अति विशिष्ट प्रयोगशाला सेवा प्रदान गरिन्छ । यी प्रयोगशाला सरकारी÷स्वायत्त र केन्द्रीय तहका सरकारी अस्पतालमा आधारित हुने निर्देशिकामा उल्लेख छ ।

    ‘बी’ समूहका प्रयोगशालाअन्तर्गत ५१ देखि २ सय बेडसम्मका जनरल अस्पताल, सबै अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालमा आधारित प्रयोगशाला पर्छन् । ‘सी’ समूहका प्रयोगशालाअन्तर्गत ५० बेडसम्मका जनरल अस्पतालमा आधारित प्रयोगशाला पर्नेछन् । वैदेशिक रोजगारमा जाने कामदारको परीक्षण गर्ने प्रयोगशालाको हकमा भने ‘सी’ समूहका प्रयोगशालाको मापदण्ड पूरा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । ‘डी’ समूहका प्रयोगशालाअन्तर्गत सरकारी स्तरमा प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला पर्छन् ।

    ‘ई’ समूहका प्रयोगशालामा सरकारी स्तरमा हेल्थ पोस्टमा आधारित प्रयोगशाला पर्छन् ।अनुगमनका क्रममा मापदण्ड नपुगेको पाइएमा एक महिनाको अल्टिमेटम दिइने र सो समयमा पनि मापदण्ड नपुगे ग्रेड घटुवा गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । ठूला निजी अस्पतालले ल्याबका लागि दर्ता हुन नआएको प्रयोगशालाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं