SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२७ गते
    १५५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । हरेक शनिबार राति ८ः३० बजे एनटिभी प्लसमा प्रसारण हुदै आइरहेको हाँस्य सिरियल ‘कुरा मात्र भो’ १४ भाग प्रसारण भएको छ ।

    छोटो समयमा नै दर्शकको मन जितेको यस सिरियललाई दर्शकमाझ लोकप्रिय बन्न थाले पछि यस सियिरयलका निर्देशक अर्जुन गौतम अहिले दंग परेका छन् । उनी भन्छन् ‘दर्शकले मन पराइदिएका कारण सिरियल दर्शकमाझ लोकप्रिय बन्न पुगेको हो ।

    पछिल्लो समय दर्शकले यस सिरियलाई मन पराइदिएका छन् । अहिले समसामयिक घटनालाई हाँस्य खुराक मार्फत दर्शक हँसाइरहको छ ।

    आगामी भाग अर्थात १५ भागमा गाईजात्रालाइृ विशेष प्राथमिकतामा राखिएको निर्देशक गौतमले बताएका छन् । सिरियल अहिले शनिबार राति ८ः३० बजे एनटिभी प्लसमा प्रसारण हुँदै आइरहेको छ । उक्त सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् ।

    पिके इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियललाई दर्शकको रोजाइमा पर्न थालेको छ । सिरियलमा वर्तमान समय सापेक्षित विषयलाई हाँस्य खुराकको रुपमा पस्काइएको छ ।

    निर्देशक गौतमका अनुसार सिरियलमा कमेडी र राजनीति बिषयबस्तुलाई मुख्य आधार बनाइएको छ । उक्त सिरियलमा उत्तम अर्याल कोदे, लक्ष्मण चौलागाई,रोशनी सापकोटा , धर्मराज भट्टराई (स्याल बुढो), भोला अधिकारी, दिनेश तामाङ, मनोज श्रेष्ठ ,विरुप घले , सुमित्रा रिमाल, रामचन्द्र थापा लगायतको अभिनय रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं