SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२६ गते
    ११५६ &#२३४६;&#२३३५;&#२३२५;

    १.जनवरी=वर्षको पहिलो महिना जनवरीमा जन्मेका केटीहरु स्वभावमा गम्भिर र केही हदसम्म रुढीवादी हुन्छन् । यस्ता केटीहरुलाई धेरै नै महत्वाकाक्षी र समिक्षकको भूमिकामा रहन मन पराँउछन् । यिनीहरु आफ्नो भावनाको बारेमा कसैसँग कुरा गर्न मन पराउँदैनन् । उनीहरु ती व्यक्तिहरुसँग कुरा गर्न मन पराँउछन् जसको बुद्धिमताको.स्तर उनीहरुको बराबर छ वा जो सँग विचार मिल्छ ।

    २.फेब्रुअरी=फेब्रुअरीमा जन्मेका महिलाहरुको मुड छिटोछिटो बदलिन्छ । उनीहरुलाई हर कोहीले बुझ्न सक्दैनन् । यिनीहरुको सोच्ने तरिका सुक्ष्म निरिक्षणवाला हुन्छ र एक शब्दबाट पुरै विषयको अन्दाज गर्न सक्छन् । यिनीहरुको साथमा रहन तपाइलार्ई धैर्यताको साथ प्रस्तुत हुनपर्छ अनि मात्रै उनीहरु रोमान्टिक हुन्छन् । तपाईले यो बुझ्नुपर्छ कि यदी तपाईले यिनीहरुलाई एकपटक छल गर्नुभयो भने फेरी कहिल्यै भेट्न सक्नुहुँदैन ।

    ३. मार्च=मार्चमा जन्मिएका केटीहरु धेरै नै सुन्दर र आकर्षक हुन्छन् । यस्ता महिलाहरु आफ्नो काम र सम्बन्धप्रति धेरै नै समर्पित र विश्वासपात्र हुन्छन् । यिनीहरुलाई कसैको प्रेममा पर्न धेरै नै मुस्किल हुन्छ ।

    ४. अप्रिल=अप्रिलमा जन्मेका महिलाहरु सजिलैसँग अरुसँग घुलमिल हुन्छन् । समय–समयमा आफै प्रति दयाभाव पनि यिनीहरुमा हु्न्छ । यदी यिनीहरु रिसाएका छन् भने यिनीहरुको टाढा बस्नु नै राम्रो हुन्छ । यदी तपाईले विश्वास जित्न सक्नुभयो भने यी महिलाहरुले तपाईलाई धेरै नै खुसी राख्ने छन् र पुरै आत्मादेखि नै तपाई प्रति समर्पित हुनेछन् ।

    ५.मे=मे महिनामा जन्मिएका महिलाहरु धेरै नै विश्वसनिय हुन्छन् र आफ्नो सिद्धान्त प्रति दृढ हुन्छन् । यिनीहरुको प्रेममा डुब्नाले यिनीहरु खतरनाक पनि हुन सक्छन् ।

    ६.जून=जूनमा जन्मेका महिलाहरु जिज्ञासु, कलात्मक र मिलनसार हुन्छन् । यिनीहरु नसोचिकन बोल्ने र बोलेपछि मात्रै सोच्ने खालका हुन्छन् । यिनीहरुको मुख्य विशेषता भनेकै यिनीहरु पिठ्यु पछाडि कुरा गरेकोे मन पराँउदैनन् । कुनै व्यक्तिको अगाडि उसको बारेमा सत्य बोल्ने साहस हुन्छ ।

    ७.जुलाई=जुलाईमा जन्मेको महिलाहरु इमान्दार, सुन्दर, रहस्यमयी र संवेदनशिल हुन्छन् । यिनीहरु मृदुभाषी हुन्छन् र सबैसँग विनम्र हुन्छन् । कसैसँग झगडा गर्न यिनीहरुलाई मन पर्दैन । यदी तपाईले यिनीहरुलाई कुनै छल गर्नुभयो भने जिवनभर यो भुल्न सक्दैनन् र तपाईले यिनीहरुलाई सधैंको लागि गुमाउनु हुनेछ ।

    ८.अगस्ट=अगस्टमा जन्मेका महिलाहरु राम्रो मन भएका र आत्मकेन्द्रित हुन्छन् । यिनीहरुसँग भिड्नु भन्दा सम्हालिनु जरुरी हुन्छ । किनभने ढिलो वा चाँडो जीत उनीहरुकै हुन्छ । यिनीहरुको सेन्स अफह्युमर गजबको हुन्छ र उनीहरु उपहासको पात्र बन्न बिल्कुलै मन पराँउदैनन् । यिनीहरु अरुको ध्यानआकर्षण गर्न लालायित हुन्छन् ।

    ९.सेप्टेम्बर=सेप्टेम्बरमा जन्मेका महिलाहरु दयालु, सुन्दर र अनुशासित हुन्छन् । आफुलाई विश्वासघात गर्नेलाई यिनीहरु कहिल्यै भुल्दैनन् । यदी तपाईले यिनीहरुको दिल दुखाउन भयो भने तपाईसँग बदला लिने कोसिस गर्नेछन् । यो महिनामा जन्मेका महिलाहरु स्थायी सम्बन्धमा विश्वास गर्छन् । आफ्नो साथीसँग यिनीहरुको अपेक्षा धेरै हुन्छ । यदि तपाईले आफैलाई साबित गरिदिनुभयो भने सम्झिनुहोस यिनीहरुको मन जित्नुभयो ।

    १०.अक्टोबर=अक्टोबरमा जन्मिएका महिलाहरु धेरै नै मजबुत चरित्रका हुन्छन् । यिनीहरु धेरै नै भावुक हुन्छन तर अरुको अगाडि आँशु बगाउन चाँहदैनन् । यिनीहरु कहिल्यै आफ्नो मनको भावनाहरु अरुसँग व्यक्त गर्दैनन् । यिनीहरुलाई लाग्छ कि कसैले पनि यिनीहरुलाई बुझ्न सक्दैनन् र उनीहरुले यसको दुरुपयोग गर्न सक्नेछन् । अक्सर अरु महिलाहरुले यिनीहरुलाई इष्र्याको कारण घृणा गर्न सक्छन् ।

    ११.नोभेम्बर=नोभेम्बरमा जन्मिएका महिलाहरु तपाईको झुटलाई सजिलैसँग थाहा पाउन सक्छन् । यिनीहरु अरुभन्दा एक कदम अघि हुन्छन् । यिनीहरुसँग खेलवाड गर्न सहि हुँदैन । यिनीहरुसँग राय सल्लाह तब माग्नुहोस जब लाग्छ कि तपाईसँग सत्य कुरा सुन्ने हिम्मत छ ।

    १२.डिसेम्बर=जो महिलाहरुको जन्म डिसेम्बरम ाभएको हुन्छ उनीहरु धेरै नै उत्सुक या भनौ उत्ताउलो स्वभावका हुन्छन् तर धेरै नै भाग्यमानी हुन्छन् । उनीहरु हरेक परिस्थितीबाट बाहिर निस्कने बाटो खोज्न सक्छन् । यिनीहरु खुला दिलका हुन्छन् । यिनीहरु आफै सानो कुरामा दुखी हुन्छन र इश्वरको साथ हुनाले यिनीहरुलाई त्यो चिज मिल्नेछ जसको यिनीहरु हकदार छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं