SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२६ गते
    ११६२ &#२३४६;&#२३३५;&#२३२५;

    विनोद रखाली मगर, गल्याङ् ।
    नेपाल सांस्कृतीकविविधतातथाप्राकृतिक सुन्दरताले सजिएको मुलुकहो । पूर्व मेचिदेखि पश्चिममहाकालीसम्म सौन्दर्यका लहरहरु फैलिएकाछन् । विविधप्राकृतिकएवं सांस्कृतिकमहत्वले भरीएका नेपालकाजिल्लाहरु मध्ये स्याङ्जापनि एक हो । जिल्लाको गल्याङ् नगरपालिकावडा न. ५ साविकको पिडीखोलागाविस वडा न.७मा सल्यानगाउँ रहेको छ । समुन्द्री सतहदेखि झण्डै सिद्धार्थ राजमार्ग रहेको गल्याङ् बजारदेखि करिव १६ कि.मी.को कच्चि सडकछिचोल्दै पर्यटकीयगाउँ सल्यान सजिलै पुग्न सकिन्छ ।

    भौगोलिकअवस्था र हावापानी ः
    सल्यानगाउँ समुन्द्री सतहदेखि करीव १५०० मिटर उचाईमाअवस्थित रहेको छ । पहाडीभुभाग रहेको यस गाउँको पुर्वमागल्याङ् नगरपालिकावडा न. ६ चितुङ् गाउँ रहेको छ भने पश्चिममा स्यालबास गाउँ , उत्तरमापर्वत जिल्ला र दक्षिणमागल्याङ् नगरपालिकावडा न.४ रहेको छ । समशीतोष्णप्रकारको हावापानीपाइने सल्यानगाउँमा मकै, कोदो, गहुँ, तोरी, फापर लगाएतकाप्रमुखअन्नबालीहरु उव्जाउ गरीन्छ । सुन्तलाको पकेट क्षेत्रमानिने टामिकोट क्षेत्र कात्तिक मङ्सिरमापाकेको सुन्तलाले यस क्षेत्र पहेंलै देखिन्छ । ४५ घरधुरी रहेको यस गाउँमा २ घर ब्राहमण र अन्य सवै मगर समुदायको बाहुल्यता रहेको छ ।

    पर्यटकियआर्कषणहरु ः
    सल्यानगाउँविभिन्न सौन्दर्यताले भरीएको एक गन्तव्यहो । भौगोलिक सुन्दरता र यहाँदेखि देखिने विभिन्न सुन्दताहरु , एतिहासिकटामीकोट दरबार क्षेत्र, मगर समुदायकामौलिक संस्कृतीहरु, खानामाअर्गानिक परीकार र लोकल सुगँुरको मासुका विभिन्न परीकारका स्वादले जो कोहीलाई मोहितपार्ने गर्दछ । मगर भाषातथानेपालीभाषामा मगर समुदायको मौलिक संस्कृती, सालैजो, झ्याउरे गाउँद,ै नाच्दै नचाउदै गाउँले फुलमालाद्धारा आन्तरीक तथाबाह्रयपर्यटकहरुलाई स्वागतगर्ने अनौठो चलन रहेको छ । गण्डकीप्रदेश, उद्योग पर्यटन बन तथावातावरणमन्त्रालयमार्फत विनियोजितगरीएको रु.१० लाखमार्फत निमार्ण गरीएको सभाहलमापर्यटकहरुलाई रातमा स्थानीयकलाकारहरु, युवाक्लव , आमा समुहद्धारा विभिन्न सांस्कृतीक प्रस्तुतीले मनोरन्जनप्रदान गराइने व्यवस्थापनी रहेको छ । परम्परागतशैलीका घर, गाउँले परीवेश र जिवनशैलीनजिकदेखि अध्ययनगर्न पाउनुको साथै बाइसे चौविसे राज्यको समयमा रहेको एक भुरे राज्यटामीकोट दरबार र उक्त समयमा सैनिकहरु परेड खेल्ने विशाल मैदानटुडिंखेल, रानीले आत्महत्या गरेको स्थान रानीफाललगाएतकाभग्नावशेष दृश्यहरु अवलोकन गर्न सकिनेछ ।

    यहाँदेखि माछाको पुच्छर जस्तै देखिने माछापुच्छ्रे, अन्नपूर्ण लगाएतकालटरम्महिमश्रीङ्खलाहरु प्रस्ट देखिनुका साथै विभिन्नजिल्लाकामनमोहक दृश्यहरु पनी देख्न सकिन्छ । जैविकविविधताले भरीपूर्ण सल्यानगाउँमाफागुन, चैत्र वैशाखमाटामीकोट क्षेत्रमाढकमक्कफुलेका नेपालको राष्ट्रियफुललालिगुराँसले सवैलाई मोहितपार्नुका साथै विभिनप्रजातीका चराचुरुङ्गी, जीवजनावर , जडिवुटीआदीले थप सौन्दर्य थपेको आभास जो कोहीलाई हुन्छ ।रुपमापनीसल्यानगाउँ देखि पौने घण्टामै प्रसिद्ध सेतिवेणीशिलाशालिग्रामधार्मिकस्थलपुग्न सकिन्छ । भने उक्त स्थान देखि पानीमाचल्ने मोटर जडिट डुङ्गाप्रयोग गरी नेपालकै ठुलो जलविद्युतआयोजना रकालिगण्डकीजलविद्युतको जलासयमिर्मी आधिँमुहान २० मिनेटमै जलयात्रामापुग्न सकिन्छभने सल्यानगाउँदेखि नजिकै रहेका भाल्थुमकालिकामन्दिर , अकलादेविमन्दिर आदिको दर्शन गर्न सकिनेछ ।

    पर्यटन प्रवद्धनका लागी गरीएका प्रयासहरु ः
    टामीकोट क्षेत्रको विकाश र प्रवद्धनकालागी स्थानीयश्री जनमुक्तियुवाक्लवले वि.स. २०६६ सालदेखि टामीकोट महोत्सवहुदैं प्रत्येक वर्ष टामिकोट कपभलिवलप्रतियोगिता , टामिकोट क्षेत्र सरसफाई कार्यक्रम, गोरेटो पैदलबाटो निमार्ण लगाएतकाकार्यक्रम र गतिविधिहरु सन्चालनगर्दै आइरहेको छ । साथै यस क्षेत्रको थपविकासकालागीदेवेन्द्र रखाली मगरको अध्यक्षतामाटाम्केकोट होम स्टे अफ सल्यानगाउँनामक संस्थाविधिवत रुपमावि.स. २०७५ सालमादर्ता गरी सभाहलनिमार्ण , गोरेटो बाटो मर्मत लगाएतका रचनात्मकगतिविधिहरु गर्दै आइरहेको छ ।

    सम्भावना र समस्याहरु ः
    टामीकोट क्षेत्रविभिन्न सौन्दर्यतामामात्रधनीनभइकनएतिहासीक स्थलपनीभएकाले यस क्षेत्रको सरंक्षण, प्रवद्धनगर्न जरुल देखिन्छ । पर्यटनका क्षेत्रमाकामगर्ने सरकारी तथा गैरसरकारी निकायहरु संग समन्वय गरी आन्तरीक तथाबाह्य पर्यटकको संख्यामा वृद्धिगर्न सके यस क्षेत्रको विकास र प्रवद्धनमा टेवापुग्ने देखिन्छ । कच्चि सडक र गोरेटो बाटोको कालोपत्रे वामर्मत, टामिकोट चुचुरोमाखानेपानीको व्यवस्था, भ्यू टावरको निमार्ण, पिकनिक स्पोटको उचितव्यवस्था, सरंक्षित क्षेत्रमातार जालिको व्यवस्था, तथा सल्यानगाउँहोम स्टेमा सरसफाई तथाहोम स्टे व्यवस्थापनबारे तालिम, बढ्दो बसाईसराई दरलाई कमगर्न शिक्षा, स्वास्थ्यको व्यवस्था र व्यवसायिक खेति, पर्यटकियकटेज निमार्ण आदीको समुचितव्यवस्था र प्रचार प्रसारमाध्यानदिन सके जिल्लामै एक उत्कृष्टपर्यटकियगन्तव्यबन्नेमाकुनै शंका देखिदैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं