SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२३ गते
    ८२३ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र / कृष्नानगर कपिलवस्तु  । मुस्लिम धर्मवलम्बी हरुको महान चाड पर्व बकराईद यही साउन २७ गते र हिन्दू धर्मावलम्बी हरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा साउन ३०गते रहेको ले कपिलवस्तुको कृष्णनगर मा शान्ति सुरक्षा सदभव कायम राख्न र आ आफ्नो चाडपर्व हंसी खुशी मिली जुली र शान्ति ढंग ले मनाउन प्रति सुरक्षा निकाय र समाजसेवी बुद्धजीवि हरु संग सुझाव सल्लाह लिन व दिन को लागि कृष्णनगर मा रहेको राष्ट्रीय मदरसा पुस्तकालय को सभा हाल र राष्ट्रीय मदरसा संघ नेपाल को आयोजना मा कार्यक्रम सम्पन्न भएको छ।

    उक्त कार्यक्रम मा एक सता अगाडी सरुवा भइ आउनु भएका सशस्त्र प्रहरी बल.कृष्णनगर का उपरिक्षक सुशील शाही र ईलाका प्रहरी कार्यलय कृष्णनगर का प्रहरी निरीक्षक प्रताप पौडेल धेरै दिन देखि यो क्षेत्रमा सुरक्षा प्रति कडा निगरानी गर्दै आएका सशस्त्र प्रहरी बल का प्रहरी निरीक्षक जोगेन्द्र केशी लाई राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की र प्रवक्ता मौलाना जहीर अहमद बरेलवी ले दोसल्ला ओढाई मुस्लिम धर्म को पबित्र कुरान शरिफ नेपाली मा अनुवाद भयेको दिई वहाहरुको स्वागत र सम्मान गरेका थिए।

    कृष्णनगर नगरपालिका को वडा नं.२का अध्यक्ष संजय गुप्ता र वडा नं.३का वडाध्यक्ष सगीर अहमद खांले आ आफ्नो वडाहरुमा सदैव शान्ति सुरक्षा र आपसी सदभव कायम गर्ना गराउन को लागि निरन्तर प्रयास,सबै जनता को सहयोगमा आ आफ्नो वडा लाई व्यावस्थित र बिकास प्रति सदैव अगाडी रही जनता को हितमा काम गरि शिक्षा को स्तर गुणस्तरिए बनाउनको लागि रात दिन जनता बिच उपस्थित भइ काम गरि रहनु भएको ले संघ का उपाध्यक्ष र प्रवक्ता ले सप्रेम भेट दिई सम्मानित गर्नु भएको संघ का राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनी अलकुफी ले बताउनु भयो।

    कार्यक्रममा कृष्णनगरका भद्रभालदमी,शिक्षाप्रेमी,समाजसेवी,सुरक्षाक्रमी,पत्रकार लगायत लगभग ५०जना को उपस्थिती थियो । उपस्थित भएका सबै महानुभावहरु लाई संघ का राष्ट्रीय महासचिव मौनाला मसहूद खां नेपालीले आफ्नो र संघ को तरफ बाट स्वागत गरी उपस्थित भइ दिएको मा धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं