SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२३ गते
    ७६२ &#२३४६;&#२३३५;&#२३२५;

    २३ साउन, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बिहीबार भैरहवाको गौतमवुद्ध विमानस्थल निरीक्षण गरेका छन् । उनले कुनै यो विमानस्थल आउँदो डिसेम्बर ३० सम्म जसरी पनि सम्पन्न गर्नुपर्ने बताएका छन् ।

    उनले भ्रमण वर्ष २०२० मनाउने भएकोले भ्रमण वर्ष सफल कि असफल हुन्छ भन्ने विषयसंग विमानस्थल र लुम्बिनी जोडिएको बताए । प्रधानमन्त्री केपी ओलीको पनि विषय चासोको विषय गौतमबुद्ध विमानस्थल रहेको उनले बताए ।

    जुनसुकै अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रधानमन्त्रीज्युले भन्नुभएको छ, डिसेम्बरमा हामी आयोजनाको काम सम्पन्न गर्छौं र तपाईहरुलाई लुम्बिनीमा स्वागत गर्न आतुर छौं, मन्त्रीको जिम्मेवारी दिएपछि बधाई दिने क्रममा पहिलो जिम्मेवारीकै रुपमा गौतमबुद्ध विमानस्थलको आयोजनाबारे मलाई भन्नुभएको छ, प्रधानमन्त्रीज्यूले लिने परीक्षा पनि यही हो’, उनले भने ।

    आयोजनाका काम निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले सिंगो मुलुकले यस विमानस्थलबाट फाइदा लिने बताए । अझ प्रदेश सरकार, स्थानीय सरकार र नागरिकले नजिकबाट फाइदा लिने बताए ।

    प्रदेश ५ सरकारका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरी, प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले आयोजना समयमै सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखे ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीले नदीजन्य पदार्थ समयमा उपलब्ध नहुँदा पनि आयोजनालाई समस्या आएको बताए । – अनलाईनखबर बाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं