SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२३ गते
    १२४३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् । नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए । केही समय अगाडि मलेसिया र सिंगापुरमा उनले गरेको प्रदर्शनका आधारमा उनी आईसीसीको बरितयामा अगाडि आउन सफल भएका हुन् ।

    उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन् । यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि छन् । यस्तै ब्याटिङमा पनि कप्तान खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन् । धोनी ६७ औं स्थानमा रहेका छन् । यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडि रहेका छन । गेल ७३ औं स्थानमा छन् । यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा एथावत छन ।

    त्यस्तै सरकारी हस्तक्षेपका कारण आईसीसीको प्रतिबन्ध भोगेको जिम्बाबे क्रिकेट टिमलाई अर्को ठुलो झट्का लागेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले मंगलबार जिम्बाबेको पुरुष र महिला दुवै टिमलाई टि-२० विश्वकप छनौटमा समेत सहभागी हुन नदिने भएको हो। जिम्बाबेको सट्टा नाइजेरियाले टि-२० विश्वकप छनौट २०१९ मा सहभागिता जनाउने आईसीसीले बताएको छ। नाइजेरिया २०२० अन्डर-१९ विश्वकपमा समेत छनौट भइसकेको छ। आगामी महिना स्कटल्याण्डमा आयोजना हुने महिला टि-२० विश्वकप छनौटमा जिम्बाबेको सट्टा नामिबियालाई मौका दिईएको छ।

    ११ अक्टोबर देखि युएईमा आयोजना हुने टि-२० विश्वकप छनौट प्रतियोगितामा आयोजक युएई, हंगकंग, आयरल्याण्ड, जर्सी, केन्या, नामिबिया, नेदरल्याण्ड, ओमान, पपुवा न्यु गिनी, स्कटल्याण्ड, सिंगापुर, नाइजेरिया र यो महिना अन्त्यमा अमेरिकाज फाइनलबाट आउने अन्य २ गरि १४ टोलि सहभागी हुनेछन्। यस्तै महिला टि-२० विश्वकप छनौटमा स्कटल्याण्ड, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, थाईल्याण्ड र अमेरिका र नामिबियाले प्रतिस्पर्धा गर्ने भएका छन्।

    नेपाल गत हफ्ता सिंगापुरमा सम्पन्न टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा तेश्रो स्थानमा रहेपछि टि-२० विश्वकप छनौटमा पुग्न असफल भएको थियो। सिंगापुर प्रतियोगिताको विजेताको रुपमा र युएई प्रतियोगिता आयोजकको रुपमा छनौट भइसकेको छ। नाइजेरिया टि-२० विश्वकप छनौट ( अफ्रीका फाइनल ) प्रतियोगितामा तेश्रो भएको थियो। नामिबिया पहिलो र केन्या दोश्रो हुँदै छनौट भएको थियो। अफ्रिकाको टिम भएको हुँदा उक्त अफ्रीका छनौटमा तेश्रो स्थान हाँसिल गरेता पनि जिम्बाबेको ठाउँमा नाइजेरीयाले ठुलो अवसर पाएको हो। आईसीसीले पनि जिम्बाबेको सट्टा सोहि क्षेत्रको टिमलाई मौका दिएको बिज्ञप्तिमा लेखेको छ।

    आईसीसीले जिम्बाबेको सट्टा अफ्रीकाकै अर्को टिमलाई मौका दिएपछि नेपाली क्रिकेट टिम वरियतामा ११ औं स्थानमा रहेको कारण आईसीसीले मौका दिन सक्ने झिनो आशाको पनि अन्त्य भएको छ। टि-२० विश्वकप छनौटमा सहभागी हुने १४ टिमबाट २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको लागि उत्कृस्ट ६ टिम सहभागी हुनेछन्। नेपाल क्रिकेट संघलाई पनि आईसीसीले निलम्बन गरेको छ तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन र क्रिकेटरलाई तलब भने दिईरहेको छ। जिम्बाबेलाई लामो समय देखि आईसीसीले चेतावनी दिईरहेको कारण कडा सजाय दिएको हो। आईसीसीले दिने बजेट र सहभागिता समेत जिम्बाबेको रोक्का भएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं