SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२२ गते
    ८४७ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत ।
    वाग्लुङ नगरपालिका १३ पैयूँपाटाका व्लडक्यान्सर पीडित ओम वहादुर खत्रीको उपचारमा समस्या भएपछी अमेरीकामा रहेका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । पैयूँपाटाका युवा समाजसेवी वासु पौडेलको विशेष पहलमा साथीभाई हरुले खाने खाजा खर्च कटाएर पीडित खत्रीलाई ९० हजार ५ सय ८५ रुपैँया सहयोग गरेका हुन् ।

    अमेरिकामा रहेका प्रवासीहरुले संकलन गरेको उक्त रकम पैयूँपाटाका वार्ड अध्यक्ष नारायण शर्मा पौडेल मार्फत आज पीडितका परिवार लाई उपलव्ध गराईएको समाजसेवी पौडेलले जानकारी दिएका छन् ।

    सहयोग गर्नेहरुमा यामलाल गिरी,वासु पौडेल,शंकर पौडेल,शिव गौतम,धन वहादुर खत्री,परशुराम पौडेल,रामु रोका,गणेश पौडेल,सञ्जय रेग्मी,जीवन गैरे,इश्वर शर्मा,निर वहादुर क्षेत्री,दिपक रिजाल,डोलिन पौडेल,गणेश नेपाली,हरी रोका,विमल रोका रहेका छन् ।

    लामो समय देखी विरामी रहेका खत्री हाल भरतपुरको क्यान्सर अस्पतालमा उपचाररत रहेका छन् । एकदमै न्यून आर्थिक अवस्था भएका खत्रीलाई उपचारमा थोरै भएपनी राहत होस् भन्ने हेतुले आफूले उक्त रकम संकलन गरी पठाएको पौडेलले वताए ।

    मजदुरी गरेर जीवन गुजारा गर्दै आएका खत्री विरामी भएपछी परिवारमा समेत विचल्ली भएको स्थानिय नरेश शर्माले वताए । अस्पतालमा जीवन र मृत्यु संग लडिरहेका निज खत्रीको परिवारमा वुढी आमा, श्रीमती, छोरा र छोरी रहेका छन् । वावा विरामी भएपछी १४ वर्षिय छोरा समेत मानसिक रोगी जस्तै भएको स्थानियको भनाई छ । आर्थिक अवस्था न्यून भएका कारण उपचारमा समस्या भएपछी पीडित परिवारले सहयोगको अपिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं