SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/१९ गते
    १०१२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, ।। सामान्य परिवारमा जन्मेकी शुरती पाण्डेले १२ कक्षाको परिक्षामा व्यवस्थापन शंकायतर्फ उत्कृष्ट जिपिए ल्याएको उनले अध्यायन गरेको प्रतिभा माविले दावी गरेको छ । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले पाण्डेले ल्याएको ३.९२ जिपिए नेपालमै उत्कृष्ट जिपिए भएको जिकिर गरे । ‘औपचारिक प्रतिस्पर्धा र आधिकारीक घोषणा नभएपनि सबै ठाउँको नतिजा हेर्दा यो नै उत्कृष्ट रहयो’–प्राचार्य पराजुलीले भने । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएको पनि उनले जानकारी दिए ।

    धादिङ्गको आगिङचोकमा सामान्य परिवारमा जन्मिएकी विद्यार्थी पाण्डेले विद्यालय, शिक्षक र आफ्नों मेहनतका कारण यो नतिजा ल्याउन सफल भएको बताइन् । सानै उमेरमा बुवा गुमाएकी पाण्डे आफ्नों प्रेरणाको श्रोता आमा सम्झना पाण्डे भएको बताउँछिन् । ‘आमाको हौसला र मेहनत देख्दा मलाई केहि गरि देखाउनुपर्छ भन्ने लागेरनै दैनिक ४ घण्टा मात्र सुत्थे’–उनले भनिन् । जन्मिदैदेखि कोहि पनि जान्ने नहुने तर उसले पाएको वातावरण र मेहनतलेनै उत्कृष्ट बनाउने उनको भनाई छ ।

    उनको लक्ष्य असर चार्टर एकाउण्टेण्ट बनेर देशको सेवा गर्ने रहेको छ । उनको लक्ष्यलाई पुरा गर्न प्रतिभा मावि र अटो वेजले आर्थिक सहयोग समेत प्रदान गर्ने भएका छन् । विद्यालयले १ लाख नगद सहयोग र उनको भाई सचितराज पाण्डेलाई १२ कक्षा सम्म निःशुल्क अध्यायन गराउने विद्यालयका अध्यक्ष नारायण पौडेलले पत्रकार सम्मेलनमा घोषणा गरे । अटो वेज प्रालिका संचालक समेत रहेका उनले प्रालिको तर्फबाट ५० हजार सहयोगको घोषणा समेत गरे ।

    २०४३ सालमा स्थापना भएको विद्यालयले विज्ञान, व्यवस्थापन र होटल म्याजेज्मेण्टमा पढाई सञ्चालन गरेको छ । विद्यालयले आफ्नों प्रतिस्पर्धा पोखरासंग नभई काठमाण्डौसंग भएको अध्यक्ष पौडेलको भनाई छ । विद्यालय संचालक समितिका सदस्य एवं शिक्षक विजयबहादुर थापाले पोखरेली विद्यार्थीहरुको मुख्य आकर्षण प्रतिभा बन्न सफल भएको दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं