SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/१७ गते
    १४६४ &#२३४६;&#२३३५;&#२३२५;

    मनिष गुप्ता, कपिलबस्तु । मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणमा नगरपालिका गम्भीर रहेकाे कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले बताउनु भएकाे छ । कयौं मानिसहरु बेचबिखन को सिकार मा परेको सुन्न र देख्नु पर्दा अत्यन्त दु:खद कुरा हो ।गरिबी चेतनाको कमि तथा बेरोजगार को चपेटामा रहेका नेपाली दिदी बैनिहरुलाई गलत मनसायले बेचबिखन तथा शारीरिक शोषण गर्ने उदेश्य ले अनेकौं बहाना बनाई एक ठाउ बाट अर्को ठाउमा लगेको पाईन्छ ।

    कुनै पनि सन्तान ठुलो भैइ सके पछि बेचिनु पर्ने बाध्यता र मानिसलाई पशु सरह सम्झने ती मानसिकता भएका ब्याक्तिहरु निरुत्साहित गर्न सबै आआफ्नो ठाउ बाट सकारात्मक भुमिका खेल्न जरुरी छ । बिगत देखि मैले मेरो नगर सिमा सङ्ग जोडिएको कारण यहाँ हुने अनेकौं अपराधीक कृयाकलाप मध्ये मानव बेचबिखन पनि झटिल अबस्था रहेको छ ।यसलाई न्यूनीकरण गर्नको लागि यश नगरले आफन्त नेपाल सङ्ग सहकार्य गरि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।

    बिशेष सिमा नाकामा रहेर कर्मचारी परिचालन देखि विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । विभिन्न जिल्लाबाट यस नाकाको बाटो प्रयोग हुने हुँदा उनिहरुलाई अग्रिम सचेत गराउने उदेश्यले यश नगरले हाेडिङबोर्ड हरु समेत राखेको छ । आफन्त नेपाल सङ्गको सहकार्यमा विभिन्न दिबशिय कार्यक्रमहरु सन्चालन गर्दै आएका छौ । यसरी मानव बेचबिखन न्यूनीकरण गर्न आगामी दिनमा पनि अझ धेरै प्रयास गर्ने योजना रहेको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

    सबै जनालाई रोजगार दिन सकेमा बेचबिखनमा कमि आउने कृष्ण नगर नगरपालिका नि.प्रमुख दिनेश थापाले बताउनु भयो । मानव बेचबिखन न्यूनीकरणमा समुदायमा व्यापक कार्यक्रम संचालन गर्न सकेमा अझ बढी न्यूनीकरण हुने कृष्णनगर न.पा का सामाजिक बिकास अधिकृत शाकिर अहमद ले बताउनु भयो आ.ब ७६/७७ मा आफन्त नेपाल सङ्ग पुन सहकार्य गरि मानव बेचबिखनलाई न्यूनीकरण गर्नका लागि नगरपालिका ले निरन्तर गरेको सहायताले र कर्मचारी नै परिचालन गरेको हुँदा र नगरपालिकाको यो सराहनीय कामले सामाजिक काममा अझ मनोबल बढेको आफन्त नेपाल कपिलवस्तु का सयोजक केसर बिश्वकर्माले बताउनु भयो ।नगरपालिका को निरन्तर सहयोग र नगरपालिका को यो हौसलाले मानव बेचबिखन नियन्त्रणमामा अत्यन्तै ठुलो प्रभाव पार्ने बिश्वकर्माले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं