SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/२२ गते
    १६० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ ।

    लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ । पहिलो सेटको सुरुमा ५-१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६-५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६-१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०-२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५-२१ ले पहिलो सेट जित्यो ।

    दोस्रो सेटको सुरुवातमा २-० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६-४, १०-५ हुँदै अग्रता लिँदै गइरहेको थियो । तर केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो २०-२० को अवस्थामा पुग्यो । त्यसपछि इरानले अग्रता लिँदै २४-२१ को अवस्थासम्म पुग्यो ।

    त्यसपछि नेपालले लगातार ३ अंक जोडेर २४-२४ बनायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र अन्तमा नेपालले लगातार २ अंक जोड्दै २८-२६ ले दोस्रो सेट जित्यो ।

    तेस्रो सेटमा इरानले १०-७ को अग्रता बनाएको थियो । नेपालले खेलमा फर्कदै १५-१५ बनायो । त्यसपछि अग्रता लिँदै २३-१९ को अवस्थामा पुग्यो । यो सेट नेपालले २५-२० ले जित्यो ।बुधबार नै तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आचार्यलाई राष्ट्रिय शिक्षा पदक

    शिशिर, पोखरा ।पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले राष्ट्रिय शिक्षा पदक प्राप्त...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं