SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/१८ गते
    ६८० &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल,पोखरा। लायन्स क्लव अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ । ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लवका अध्यक्ष परशुराम पौडेलले आफ्ना माता पिता दण्डपाणी÷ भिमकलाको स्मृतिमा ५१ हजार राशीको शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।

    विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी लायन्सका एरिया जोन प्रमुख सुर्य प्रसाद वराल र कलवका अध्यक्ष परशुराम पौडेलले ५१हजार रुपैयाको चेक विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल तथा प्रधानाध्यापक वासुदेव पौडेललाई हस्तान्तरण गर्नुभयो ।कायृक्रममा बोल्दै जोन प्रमुख वरालले सामाजिक सेवाको क्षेत्रमा लायन्स क्लव अग्रणी संस्था रहेको वताउँदै, ग्रामिण भेगका वालवालिकाको शैक्षिक विकासमा सवैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    क्लवका अध्यक्ष पौडेलले आफ्नो सहयोगले यस विद्यालयका वालवालिकाको शैक्षिक सुधारमा केही हौशला मिल्ने वताउँनुभयो । कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष ऐन व. ऐर, पुर्व अध्यक्ष संजीव वहादुर कोईराला,मोहनवावु खड्का, राजेन्द्र कार्की, सरद कुमार सापकोटा, रामचन्द्र अधिकारी, विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, सल्लाहकार महेश्वर पौडेल लगायतले लायन्सको अन्र्तराष्टिय संस्थाले नेपालमा गरेका कार्यको चर्चा गरेका थिए । सो अवसरमा क्लवले विद्यालयलाई निरन्तर सहयोग जारी राख्ने घोषणा समेत गरेको छ ।

    सोही अवसरमा विद्यालयले माध्यमिक शिक्षा परिक्षा उत्र्तीण विद्यार्थीलाई बधाई सहित सम्मान समेत गरेको छ ।उत्कृष्ट जिपिए सहित उत्र्तीण भएका असिम सुनार, विजय पौडेल,निश्चल सुनार, मन्जित सुनार,प्रगति सुनार र झरण गर्वुजालाई विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, सल्लाहकार महेश्वर पौडेल, शिक्षक सरद सापकोटाले खादा लगाएर बधाई सहित सम्मान गरे । अध्यक्ष पैोडेलले सामुदायिक विद्यालय तर्फ यस विद्यालयले प्राप्त गरेको नतिजा अव्वल रहेको वताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर थप वृद्घि गर्न आवस्यक समवन्य गरिने स्पष्ट पानुृभयो ।विद्यार्थी विजय पौडेलले विद्यालयको सम्मानले थप हौशला मिलेको वताए ।२०४७ सालमा स्थापना भएको विद्यालयले २०५२ सालदेखि पहिलो पटक प्रवेशिका परिक्षामा सहभागिता जनाएको वताईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्कीमा सामुदायिक विद्यालय तर्फ बाटुलेचौरको विन्ध्यवासिनी र संस्थागत तर्फ मदरल्याण्ड उत्कृष्ट

    शिशिर, पोखरा।कास्कीमा सामुदायिक विद्यालय तर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागत तर्फ मासवारको मदरल्याण्ड मावि यस...

    अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्बिरोध चयन”

    सचिन्द्र श्रेष्ठ ,काठमाडौं । बिभिन्न मुलुकमा छरीएका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान,यसको महत्व, प्रभावकारीता,जनचेतना ,नियमित...

    बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुुधार गृहमा फलफुल वितरण

    पोखरा। ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण...

    लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

    पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक...

    एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं