SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/३० गते
    ५८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह÷अपांग बाल अस्पताल तथा पुूर्नस्थापना केन्द्र बनेपाको, पोखरा महानगरपालिका समाजिक विकास महाशाखा र महानगर बाल मञ्चको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

    https://youtu.be/Aad2p2BJ8hA?si=SYtkwesajfF5NV5z

    शिविरमा जन्मजात खुुट्टााको पैतलाभित्र फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, भाँचिएको बांगो, हड्डी नजोडिएको खुुट्टा लुुलो र कमजोर भएको, जोर्नीहरु दुुख्ने र सुन्निने समस्या भएका , हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि.रोग लागेका बालबालिकाको उपचार गरिएको गरिएको थियो । त्यस्तै शिविरमा औलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बांगो वा खुुुस्किएको, सहायक सागम्री तथा कुृत्रिम अंगको आवश्यकता भएका र ओठ तालु फाँटेका अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको अंपागता बाल अस्पाताल तथा पूर्नस्थापना केन्द्र बनेपाका शालिकराम तिमिल्सिनाले जानकारी दिए ।

    शिविरको पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुुदेवी गुुरुङले उद्घाटन गर्दै शिविरले शारीरिक रुप्मा अपांगता भएका बालबालिको स्वास्थ्य परीक्षणमा सहज भएको बताइन् । उनले उपचार र परीक्षणका लागि बनेपा जानुपर्ने बाध्यता समेत हटेको बताउदै शारीरिक रुपमा समस्या भएका बालबालिलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा महानगर गम्भिर रहेको बताइन् । पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा दिर्नेशक निर्मला शर्मा र महिला विकास अधिकृत बेलकुमारी गुुरुङले बोलेका थिए ।

    यस्तै पोखरा महानगरपालिका वडा नम्वर १८ मा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई फलफुलट वितरण गरिएको छ । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सुुधार गृहमा रहेका बालकहरुलाई फुलफुल वितरण गरेको हो । आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङले बालगृहका वाडेन अजय क्षेत्रीलाई फलफुुल हस्तान्तरण गरिन् ।

    उनले दिवसको अवसरमा बाल सुुधार गृह अनुुगमन गर्दै त्यहाँको आवश्यकताका बारेमा छलफल गरिएको बताइन् । उनले सुधार गृहलाई आवश्यक सामग्री केही समयपछि हस्तान्तरण गरीने बताउदै अहिले आवश्यकता बारे वाडेनसंग छलफल र अनुुगमन गरिएको बताइन् । बाल सुधार गृहका वाडेन अजय केसीले बाल सुुधार गृहमा क्षमताभन्दा बढि बालकहरु राख्दा केही समस्या रहेको बताउदै महानगरसंग खाना खानका लागि टेबल कुर्चीको अभाव रहेको बताउदै त्यसका लागि सहयोग गर्न आग्रह गरे । हाल सुुधार गृहमा ११० जना बालकहरु रहेका छन् । सुुधार गृहको क्षमता ६० जनाको रहेको वाडेन केसीले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आचार्यलाई राष्ट्रिय शिक्षा पदक

    शिशिर, पोखरा ।पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले राष्ट्रिय शिक्षा पदक प्राप्त...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं