SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२६ गते
    १३६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । केदारनाथ मन्दिर हिन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो उत्तराखण्डको केदारनाथमा अवस्थित छ । केदारनाथ भारत उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको एक नगरपञ्चायतमा रहेको, अति दुर्गमस्थलमा रहेका चारधाम मध्येको एक धाम हो ।

    यिनलाई प्रसिद्ध शिवजी तथा प्रसिद्ध शिवलिङ्ग रहेको स्थान मानिन्छ । यो स्थान हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल हो । केदारनाथ रहेको यो स्थान समुन्द्रि सतहबाट ३५८४ मिटर उचाईमा रहेको छ ।

    शिवका १२ ज्योतिलिङ्ग मध्ये यिनी एक हुन् । आदि शंकराचार्यले ८२० ई.मा यिनै केदारनाथमा देह त्याग गरेका थिए । केदारनाथका केदारको दक्षिण कुनामा भैरवको दलबल स्थापना गरिएको छ ।

    यी भैरवका दलबल केदारका गार्ड हुन् । केदारको मन्दिरको पछाडि शंकराचार्यको समाधीस्थल रहेको छ । यहाँका तीर्थ स्थलमा महत्त्वपूर्ण स्थानहरु केदारले पार्वतीसँग विवाह गर्दाको होमकुण्ड अझै देख्न सकिन्छ । यो त्रिजुगानारायणको रूपमा रहेकाछन् ।

    हिउँदको ठण्डी समयमा माथि शिखरमा अत्यधीक चिसो हुने भएका कारण केदारनाथ तल उखिमठमा आँउछन् भन्ने मान्यता छ । केदारनाथको चिसो महिनामा बस्ने उखिमठ हो ।

    यस उखिमठमा केदारनाथ, केदारका पूजारी र ऋषिमुनीहरु बस्ने गर्दछन् । यी केदारलाई पञ्चकेदारमध्येका प्रमुख मानिएको छ । यस मठमा केदारनाथको पूजाको व्यवस्था मिलाउने रेखदेख गर्ने शिक्षा–दिक्षा दिने भक्तजनहरु बस्ने गर्दछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं