SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/१९ गते
    ६५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । मंसिर ८ गते अपराह्नदेखि बेपत्ता भएका एक जना युवकको शव चैत १२ गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको छ। प्रेमिका भेट्न हुम्ला पुगेका रुकुम पूर्व घर भएका संसार बेपत्ता भएका थिए । रुकुम पूर्व पुथा उत्तरगंगा-६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका थिए ।

    २२ वर्षीय संसार घर्ती मगर आफ्नो प्रेमिकालाई भेट्न भनेर हिँडेका थिए । घर्तिमगर हुम्लाको चंखेली गाउँपालिका-४ बाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको थियो । उनकी प्रेमिका हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी थिइन्।

    उनलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवती जो २० वर्षीया राधा थापासहित ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तिन जना पुरुष थिए । पक्राउ परेकी युवती र घर्तिमगर प्रेमी-प्रेमीका रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको हो ।

    कम्प्युटर अपरेटरमा नाम निकालेर हुम्लामा जागिर सुरु गरेकी प्रेमीकालाई भेट्न उनी हुम्ला गएका थिए । उक्त घटनापछि पीडितका परिवारले प्रहरीमा किटानी जाहेरी पनि दिएका थिए । आरोपी ४ जना विरुद्ध बेपत्ता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको थियो ।

    प्रेमिकासँग विवाद भएपछि स्थानीयलाई लगाएर केटाहरूले उनलाई कुटपिट गरेको पीडितका परिवारले (पहिले/अहिले) पनि दाबी गरिरहेका छन् । अहिले ४ महिना पछि उनको शव चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको हो । माछा मार्न गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    हुम्लाका प्रहरीका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो। रूकुम पूर्वबाट मृतकका आफन्त घटनास्थल पुगेर शवको पहिचान गरेका हुन् । मृतकका आमा, उनका साथी महेश लगायतका आफन्त हुम्ला पुगेका छन्। शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं