SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१४ गते
    ३३३५ &#२३४६;&#२३३५;&#२३२५;

    सुचनाकेन्द्र डटकम डेष्क, कुश्मा, पर्वत । स्थानिय तह निर्वाचन शुरु भएसँगै उमेद्बारहरुका बिरुद्धमा मुद्धाहरु पनि शुरु भएका छन् । नेकपा एमालेबाट कुश्मा नगरपालिकाका उपमेयर पदका उमेद्बार रहेकी एमाले नेतृ स्वस्थानी रिजाल र उनको श्रीमान बिरुद्ध अख्तियारले बिषेस अदालतमा मुद्धा दर्ता गराएको र सो मुद्धा फैसला नभएको भन्दै रिजालको उमेद्बारी खारेजीको माग सहित मुद्धा दर्ता भएको छ ।

    एमालेबाट कुश्मा नगरपालिकाका उपमेयर पदका उमेद्बार रहेकी एमाले नेतृ स्वस्थानी रिजालका श्रीमानले २०४० सालमा सरकारी सेवामा प्रवेश गरेर २०४१ सालबाट स्थाइ भएका उनका श्रीमान रामजी रिजालले सरकारी पदको दुरुपयोग गरि अकुत सम्पत्ती आर्जन गरेको र सम्पत्तीको श्रोत नखुलेको भन्दै उनी र उनको श्रीमती बिरुद्ध २०७५ फागुन ६ गते अख्तियारले सम्पत्ती जफत गर्ने प्रयोजन लागि रामजी रिजाल र उनकी श्रीमती तथा हाल एमाले कुश्मा नगरपालिकाका उपमेयर पद कि उमेद्वार स्वस्थानी रिजाललाई प्रतिवादी कायम गरि मुद्धा दर्ता भएको थियो ।

    रामजी रिजालले २०४० कार्तिक ६ गतेबाट सरकारी सेवामा प्रवेश गरि २०४१ सालमा स्थाई भै २०७४ सालमा राजश्व अनुसन्धान बिभाग ललितपुरबाट अनिवार्य अबकास लिएको देखिन्छ । मुद्धामा लेखिएको छ ।

    सो समयमा २०४१।१।११ मा भूमी सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ती प्राप्त गरेक रिजालले मिति २०७४।१।१५ मा राजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृतको पदबा अनिवार्य अवकाश प्राप्त गरेको देखिन आएकोले मिति २०४०।७।१६ देखी मिति २०७४।०९।३० सम्मको अवधिलाई अवधि लिएर छानविन एवं विश्लेषण गरी हेर्दा रिजालले तलव भत्ता, प्रोत्साहन भत्ता. श्रीमती स्वस्थानी रिजालको पारिश्रमिक आय, जग्गा बिक्री, श्रीमती स्वस्थानी रिजालको नाममा संचालित संजिवनी आयुर्वेदिक डिस्ट्रिब्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्सको आय, अवकास पश्चात सुविधा प्राप्त आय, कर्जा लगायतबाट निजले जम्मा रु.१.९६.८६५०९–(एक करोड छयानब्बे लाख छ्यासी हजार पाँचसय नौ) आय आर्जन गरेको देखिन्छ ।

    साथै रिजाल दम्पत्तीले सोही अवधिमा जग्गा खरिद घर निर्माण, सवारी साधन, हाेटेल टि बटुवा प्रा.लि. एवं संजिवनि आयुर्वेदिक डिस्ट्रिब्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्स प्रा.लि. हरुमा लगानी, विभिन्न बैंक तथा वित्तिय संस्था एवं प्रा.लि. कम्पनीहरुमा शेयर लगानी, शैक्षिक खर्च सुन चाँदी खरिद एवं विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात लगायतमा रु.४,९४,२४,८१९÷– (चार करोड सौरानब्बे लाख चोवीस हजार आठसय उन्नाइस) खर्च तथा लगानी गरेको देखिँएको मुद्धामा आरोप लगाइएको छ ।

    अख्तियारले आरोप पत्रमा भनिएको छ निजको वैध आय रु.१,९६,८६,५०९ को तुलनामा रु.२,९७,३८,३१० (दुई करोड सन्तानब्बे लाख अठतिस हजार तीनसय दश बराबरको सम्पतीको स्रोत नखुनेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न न.२,९७,३८ ३१०÷– (दुई करोड सन्तानब्बे लाख अठतिस हजार नीनसय दश निजले राष्ट्रसेवक भए पश्चान के कुन श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको ठाेस पुष्टी गर्न नसकेबाट गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को फा २ को उपदफा (१) बमोजिमका करार गरेको पुष्टि हुन आएको आरोप पत्रमा उल्लेख गर्दै कारवाही माग गरिएको छ ।

    यस्तो अबस्थामा मुद्धा बिषेस अदालतमा भएको बेला नेकपामा एमालेको तर्फबाट उमेद्बार भएको भन्दै कुश्मा नगरमा निकै चर्को बहस चलिरहेको छ । साथै उनको उमेद्बारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा मुद्धा दायर भएको समेत जानकारी गराइएको छ ।

    यस्तो छ एमालेबाट कुश्मा नगरपालिकाका उपमेयर पदका उमेद्बार रहेकी एमाले नेतृ स्वास्थानी रिजाल र उनको श्रीमान बिरुद्ध अख्तियारले बिषेस अदालतमा दर्ता गराएको मुद्धाको आरोप पत्र

     

     

     

     

     

     

    यस्तो छ एमालेबाट कुश्मा नगरपालिकाका उपमेयर पदका उमेद्बार रहेकी एमाले नेतृ स्वास्थानी रिजालको उमेद्बारी खारेज गर्न माग सहित निर्वाचन अधिकृतलाई दिइएको निवेदन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं