SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/१६ गते
    ८५७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै हालतमा राजीनामा नदिने दोहोराएका छन् । उनले असन्तुष्ट पक्षका तीन न्यायाधीशहरुसँग छलफलका क्रममा राजीनामाबाहेकको विषयमा छलफलको प्रस्ताव लिएर आउन भनेको बुझिएको छ ।

    विश्वस्त स्रोतका अनुसार न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार सिंहसँगको भेटमा प्रधानन्यायाधीश जबराले न्यायपालिकामा के के सुधारका काम गर्न सकिन्छ र कसरी आमूल परिवर्तन गर्न सकिन्छ भन्ने प्रस्ताव लिएर आउन भनेका छन् । तर, उनले राजीनामा नदिने स्पष्ट पार्दै त्यसबाहेक आफूले के के गर्नुपर्ने सुझावसहित आउन भनेका हुन् ।

    आफू न्यायापालिकामा व्यापक सुधारको पक्षमा विगतमा नै भएको र त्यसमा साथ दिन पनि आग्रह गरे । मापदण्ड बनाएर न्यायाधीशहरुलाई पेशीमा राख्ने देखि जिम्मेवारी दिने विषय पनि जबराले राखेका थिए ।

    प्रधानन्यायाधीश जबराले आज पनि न्यायाधीशहरुसँग छलफल गर्दैछन् । उनीमाथि सर्वोच्चका न्यायाधीश देखि नेपाल बार एशोशिएसन, सर्वोच्च बारले राजीनामाको दबाब दिइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं