SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१८ गते
    २३७३ &#२३४६;&#२३३५;&#२३२५;

    एमाले अध्यक्ष ओलीले एमालेले कसैलाई देवता नमान्ने र कसैलाई देवत्वकरण पनि नगर्ने बताए । तर, नेतृत्वको वरिपरि पार्टी एकत्रित हुने उनले बताए ।

    प्रथम विधान महाधिवेशन र त्यसअघि पनि कार्यक्रम स्थलमा अध्यक्ष ओलीका ठुल्ठूला तस्बिर र डमी लगाएपछि एमाले भित्र र बाहिर कतिपयले ओलीलाई देवत्वकरण गरिएको भन्दै आलोचना गरेका थिए ।

    अध्यक्ष ओलीले विरोधीले एमालेको एकता भाँड्न देवत्वकरणको भ्रम फैलाएको बताए । ‘हामी कसैलाई देवता मान्दैनौं, कसैको देवत्वकरण गर्दैनौं । तर, नेतृत्व हुन्छ । नेतृत्वका वरिपरि पार्टी एकत्रित हुन्छ, आन्दोलन एकत्रित हुन्छ,’ उनले भने ।

    आफ्ना डमी बनाउने र ठुल्ठूला पोस्टर लगाउने कार्य नेतृत्वको वरिपरि पार्टी र आन्दोलन एकत्रित भएका रूपमा उनले अथ्र्याएका छन् । त्यसलाई पुष्टि गर्न उनले पुष्पलालदेखि माओसम्मका नेताहरूको उदाहरण दिँदै भने, ‘पुष्पलालका वरिपरि, पुष्पलालले अगाडि सारेका विचारका वरिपरि हामी सबै आजसम्म गोलबन्द भएका छैनौं ?, कार्ल माक्र्सले अगाडि सारेका विचार वरिपरि हामी अहिलेसम्म गोलबन्ध भयौं, लेनिनका वरिपरि सिंगो रुस गोलबद्ध भएको थियो, माओका वरिपरि सिंगो चीन गोलबद्ध भयो ।’

    ओलीले आफ्नो स्वास्थ्यलाई पनि आलोचनासँगै जोड्दै विरोधीहरू आफू बाँचेकोमा नै चिन्तित रहेको बताए । ‘म बाँचिराखेको हुनाले चिन्तित छन् । कार्यकर्ताले, जनताले असाध्यै माया गर्छन् । त्यसले एमालेलाई फाइदा हुन्छ त्यसैले चिन्तित छन् । विरोधीहरू म बाँचेकैमा चिन्तित छन् त म के गरूँ ?’ प्रश्न गर्दै उनले भने ।

    ‘अहिले केही मान्छेले एमालेका नेता कार्यकर्ताहरूलाई ताने, फकाएर, भ्रममा पारेर लाने गरेका छन् । भ्रममा परेर अर्कै पार्टी (एकीकृत समाजवादी) मा गएका नेता कार्यकर्तालाई एमालेमा फर्काउन आवश्यक छ । तपाईहरू जो जहाँ हुनुहुन्छ त्यहीँबाट फर्काउने अभियानमा लाग्नु, हामी माथिबाट लाग्छौं’ ओलीले भने । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं