SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/४ गते
    ५५२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, । नेपाल बाल संगठन पर्वतका संयोजक, लायन्स क्लव अफ गुप्तेश्वरका अध्यक्ष तथा युवा संघ नेपालका सचिबालय सदस्य समेत रहनुभएका अर्जुन पौडेल निर्जनले विद्यार्थीलाई बिभिन्न शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेर जन्मदिन मनाउनु भएको छ ।

    आफ्नो ३७ औँ जन्मदिनको अवसरमा निर्जनले कुश्मा ७ खरेहामा अबस्थित समता विद्यालयमा बाल फ्यान, फुटबल, साना भलिवल, डिजिटल बोर्ड, रिङ्ग, स्केपिङ्ग, डोरी लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

    विपन्न समुदायका बालबालिकाले अध्ययन गर्दै आएको विद्यालयमा पुगेर सामाग्री हस्तान्तरण गरेका पौडेलले जन्मदिन मनाउने बाहनामा हुने फजुल खर्च नियन्त्रण गरि बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगोस भनेर शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो ।

    ‘बालबालिकाका माझ जन्मदिन मनाउँदा निकै खुशी लागेको छ,’उहाँले भन्नुभयो । साथै उहाँले विद्यार्थीलाई समेत फजुल खर्च बचाएर जीवनोपयोगी काममा लगाउन सुझाव दिनुभयो । शैक्षिक सामग्री पाउँदा विद्यार्थी दंग परेका थिए ।

    कार्यक्रममा लायन्स क्लव ३२५ वि वानका नेपाल क्लष्टर चिफ अर्जुन चापागाईले जन्मदिनहरुमा गरिने फजुल खर्च सामाजिक सेवामा लगाउनु सहनिय काम भएको बताउनुभयो । जन्मदिनमा अनावश्यक खर्च नगरी शैक्षिक सामग्री वितरण जस्तो अनुकरणीय कार्य गरेकोमा उहाँले प्रशंसा समेत गर्नुभयो ।

    लायन्स क्लव अफ गुप्तेश्वरका संस्थापक अध्यक्ष हरिओम शर्मा लामिछानेले जन्मदिनका अवसरमा फजुल खर्च गरि तडकभडक रुपमा मनाउने पछिल्लो पुस्तालाई पौडेलको यो कार्यले समाज परिवर्तनको सन्देश दिएको बताउनुभयो ।

    विद्यालयका प्रधानाध्यापक विमा पुनले सहयोगी पौडेललाई धन्यवाद दिँदै जन्मदिनको अवसरमा विद्यालयप्रति देखाएको माया र सद्भावले हौसला थपेको बताउनु भयो । सो अबसरमा कुश्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले सहयोगि मनलाई धन्यवाद दिनुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं