SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१६ गते
    ५५७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङबीच डेढ घण्टा कुराकानी भएको छ। नेता नेपालसँग भेटमा नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमार्फत् पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन अनुरोध गरेका छन्।अध्यक्ष ओली तर्फबाट दशबुँदे सहमति जुटाउने ‘कार्यदल’का नेम्वाङ संयोजक थिए। नेपालका तर्फबाट उपाध्यक्ष भीम रावल संयोजक थिए।

    नेम्वाङले एमालेको एकताको सन्दर्भमा कुराकानी भएको बताएका छन्। ‘तपाईं (माधव नेपाल) र अध्यक्ष कमरेड (केपी ओली) भेट गर्नुहोस्, कुराकानी गर्नुहोस्, एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्छ भनेको छु,’ नेता नेम्वाङले भने।

    नेता नेपाललाई नेम्वाङले दशबुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न अनुरोध गरेका छन्। ‘दशबुँदे सहमति गरेका छौं, यसलाई टुंगोमा पुर्‍याउनुपर्छ, अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,’ नेम्वाङले भने।

    नेम्वाङको कुरा सुनेपछि वरिष्ठ नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताए। दुई नेताबीच ‘छलफल गर्ने र सहमतिको खोजी गर्ने’ विषयमा छलफल भएको छ।

    नेपालले सहमतिको बाटो पहिल्याउने बताउँदै सबै विषयमा छलफल गर्न आफू तयार रहेको बताएका छन्। नेम्वाङका अनुसार नेता नेपालले छलफलका लागि लागि ओलीसँग भेट्न सहमत भएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं