SuchanaKendra

  • Radio Kushum


  • दोश्रो राष्ट्रिय मगर महोत्सव खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ, पर्बत र विनामारे फेन्सी स्टोर्स सेमिफाइनलमा प्रबेश

    भोलिको खेल:- बिहान ८:३० बजे खानीगाउँ (ए),र मुनाल युवा क्लब,गंगटे र दोस्रो खेल १०:३० टाईगर ग्रुप पोखरा र पक्कुवा

    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२२ गते
    १०४२ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज सातौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलको पहिलो खेलमा जिल्ला भलिबल संघ, पर्बत बिजयी भएर सेमिफाइनलमा मा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेश गर्ने क्रममा जिल्ला भलिबल संघ, पर्बतले तरुण दल, फलेबासलाई निकै रोचक तरिका ले पहिलो सेट २८-२७ दोस्रो सेट २५-१७ र तेस्रो सेट २०-२५ ले आफ्नो पकड मा पर्यो र सेमिफाइनलमा प्रबेश गर्यो ।

     

    त्यस्तै सोहि दिन भएको अर्को क्वाटरफाइनल खेलमा गोल्डेन युथ क्लब, ज्ञादी लाई पराजित गर्दै विनामारे फेन्सी स्टोर्स ले जिल्ला भलिबल संघ, पर्बत संग को सेमिफाइनल भिडन्त पक्का गर्यो भने विनामारे फेन्सी स्टोर्स ले गोल्डेन युथ क्लब, ज्ञादी लाई सोझो सेटमा २१-११ दोस्रो सेट १५-२५ र अन्तिम सेट १३-२५ ले ले हरायो  । अब अर्को क्वाटरफाइनल खेल भोलि बिहान  ८:३० बजे खानीगाउँ (ए),र मुनाल युवा क्लब,गंगटे र दोस्रो खेल १०:३० टाईगर ग्रुप  पोखरा र पक्कुवा बिच हुने छ ।

    १० टिम सहभागी प्रतियोगिताको प्रथम हुने टिमलाई सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको रहेको  खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय नगद ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ। जम्मा १० टिम सहभागी भएको  भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो । साथै भलिबल खेलको सम्पुर्ण ब्यबस्थापक पुष्प भुसाल, लक्ष्मण श्रेष्ठ ,समिर जोशी, जगदीश सुबेदी र होम पुन ले गर्नु भएको कुरा उप-संयोजक जित तिलिजा ले बताउनु भयो ।

     

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं