SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१४ गते
    ५६८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ ।तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य साबित गरेको हो । नेपाल भ्रमण वर्ष २०२० को माहोल अत्यधिक बढिरहेको सरकारी दाबी आइरहँदा विदेशबाट आउने पर्यटकले यहाँ गर्ने खर्चभन्दा बाहिर जाने रकम अत्यधिक रहेको देखिएको छ । यस्तै, विदेशमा अध्ययनकै लागि भन्दै अर्बौं रुपैयाँ बाहिरिने क्रममा पनि कुनै कमी आएको छैन ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६÷७७ को चार महिना मंसिरअघिसम्म गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनको तथ्यांकले सो अवधिमा कुल ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको देखाएको हो ।

    राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट विभिन्न मुलुकमा (आउट बोन) पर्यटकीय भ्रमणलगायत अन्य भ्रमणकै लागि जानेहरूबाट मात्र २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ । हाल नेपालीहरूको थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया र युरोपलगायत देशमा टुर प्याकेज नै बनाएर भ्रमण गर्ने क्रम बढेको छ । जसका कारण नेपालबाट यति छोटो समयमै २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको हो ।

    गत वर्ष विदेश भ्रमणमा अझ यो भन्दा पनि धेरै रकम बाहिरिएको थियो । गत वर्षको सोही अवधिमा कुल ३४ अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । तर, यहाँको पैसा अनावश्यक रूपमा बाहिर नजाओस् भनेर सरकारले गरेको नीतिगत कडाइका कारण अहिले नेपालीले विदेश घुमघाम र अध्ययनमा गर्ने खर्च घटेको छ ।केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालू आवको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको हो । यसैगरी, उच्च शिक्षा अध्ययनका लागि वितेका चार महिनाको अवधिमा कुल १२ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको छ ।

    तर, गत वर्षको चार महिना (साउन, भदौ, असोज, कात्तिक) मा भन्दा चालू आवको सो अवधिमा कम रकम उच्च शिक्षाका लागि बिदेसिएको थियो । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको र राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएकाले विदेश घुमघाम र अध्ययनका लागि बाहिरिने नेपालीको खर्च घटेको राष्ट्र बैंकको तथ्यांकमा छ ।यसैगरी, मुलुकको नीतिगत व्यवस्थाका कारण विदेश भ्रमणमा बाहिरिने खर्च घटेको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले हाल विदेशी मुद्रा सटही सुविधामा केही कडाइ गरेको छ ।पछिल्लो समय सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी सम्बन्धित मातहतका मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ  । जसका कारण पनि विदेशमा अध्ययन र भ्रमण गर्न जानेको संख्या केही घटेको हो ।

    भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत देशमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै हरेक वर्ष नेपालबाट बाहिरिने विदेशी मुद्राको परिमाण पनि बढेको सो प्रतिवेदनमा उल्लेख छ ।त्यस्तै, विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटेर जम्मा ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ मात्र रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको छ । गत वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं