SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२८ गते
    ७१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । दुई वर्षअघि मकवानपुरका राहुल शर्मा (नाम परिवर्तन) लाई एक अपरिचित युवतीले विदेशबाट भाइबरमा सम्पर्क गरिन् । नचिनेको नम्बरबाट भाइबरमा सन्देश आएपछि राहुलले सुरुमा चासो दिएनन् । ती युवतीले उनलाई पुन: सन्देश पठाइन् । ‘म स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डोनेसियाको कर्मचारी हुँ, मेरा आफन्त सेलिङ सुमनका नाममा बैंकमा ८ करोड यूएस डलर छ, सुमनको निधन भएका कारण बैंकको रकम झिक्न पाएको छैन, मलाई तपाईंको हेल्प चाहिएको छ,’ विदेशी महिलाबाट यस्तो सन्देश पाएपछि राहुल दंग परे । लोभिए । अनि भाइबरमै ती युवतीलाई जवाफ पठाए, ‘यसमा म तपाईंलाई के सहयोग गर्न सक्छु ?’युवतीले तुरुन्तै लेखिन्, ‘तपाईं बैंकमा भएको सुमनको प्रोपर्टी दाबी गर्न यहाँ आउनुपर्‍यो, यसका लागि ‘सेलिङ अफ सुमन एट जिमेल डटकम’ ठेगानाको इमेल खाता खोल्नुपर्छ ।’

    युवतीको आग्रहमा राहुलले नयाँ इमेल खाता खोले । भाइबर र इमेलमा दुई जनाबीच इन्डोनेसियाको बैंकमा भएको रकमबारे कुराकानी हुन थाल्यो । ती युवतीले नेपाल आएर राहुलसँग बिहे गर्ने अनि प्रक्रिया पुर्‍याएर फर्किने बाचा गरिन् । राहुल राजी भए । बैंकमा रहेको डलर झिकेर खाता बन्द गर्नेबारे पनि पटक–पटक कुराकानी भयो ।बैंकको ८ करोड झिकेर खाता बन्द गर्न केही डलर आवश्यक भएकाले नेपालबाट पठाइदिन राहुललाई ती युवतीले फेरि इमेल पठाइन् । यससम्बन्धी लामो कुराकानीपछि युवतीलाई पैसा पठाउन राहुल तयार भए । युवतीले काठमाडौंमा भएका रमेश खड्काको ठेगाना दिइन् । राहुल युवतीलाई पैसा पठाउन रमेशको सम्पर्कमा पुगे । राहुलले रमेशको खातामा पटक–पटक गरी ७ लाख रुपैयाँ इन्डोनेसियाकी युवतीलाई पठाइदिन भन्दै जम्मा गरे ।

    राहुलले रमेशको खातामा ७ लाख रुपैयाँ जम्मा गरेपछि न रमेश सम्पर्कमा आए, न ती विदेशी युवती । युवतीसँग भएको कुराकानी र ती युवतीलाई दिन भन्दै रमेशको बैंक खातामा जम्मा गरेको ७ लाखबारे राहुलले आफ्नी पत्नीलाई सुइँकोसम्म दिएका थिएनन् । रमेश र ती युवती सम्पर्कविहीन भएपछि राहुलले आफू ठगिएको चाल पाए ।आफूलाई इन्डोनेसियाको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ८ करोड डलर भएको बताउने ती युवती अरू कोही नभएर अन्तर्राष्ट्रिय ठगी र बैंक ह्याकरका नाइके नाइजेरियन नागरिक पिटर हर्मन थिए । पिटर बैंक/वित्तीय संस्थाको सर्भर ह्याकिङ र अनलाइन ठगी अभियोगमा नेपाल र भारतीय प्रहरीको अनुसन्धानमा छन् । उनलाई एक महिनाअघि भारतीय प्रहरीले पक्राउ गरेको छ । पिटरसहितको गिरोहबाट राहुलजस्तै अरू १५ जना यसरी नै ठगिएको भेटिएका छन् ।

    ठमेलमा रेस्टुराँ सञ्चालन गर्दै आएका दोलखाका रमेश खड्काको समूहमार्फत नेपालमा ठगी र ह्याकिङको धन्दा चलाइरहेको अन्तर्राष्ट्रिय गिरोहले भारतको गोवासहितका स्थानमा बसेर दुवै देशमा अपराध योजना बनाउने गरेको पाइएको छ । खड्का, विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार मंगलबार पक्राउ परेपछि ह्याकरको सञ्जाल फेला परेको हो ।

    पानस रेमिट र कृषि विकास बैंकको सिस्टम ह्याक गरी करिब ५ करोड झिकेको घटनाका आरोपित असोज पहिलो साता पक्राउ परेपछि महानगरीय अपराध महाशाखाको टोली अनुसन्धानका लागि गोवासम्म पुगेको थियो । त्यसक्रममा नेपालका अन्य बैंक/वित्तीय संस्थाबाट समेत करिब १७ करोड रुपैयाँ ह्याकरले लगिसकेको तथ्य भेटिएको थियो । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं