SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१८ गते
    ७५३ &#२३४६;&#२३३५;&#२३२५;

    बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रोशनी शाही उच्च अदालत पाटन पुगेकी छन् ।जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले दुई दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

    गत १८ कात्तिककमा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाण्डुले आदेश दिएको थियो । उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ ।

    रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छन् । निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध आज इजलासमा निवेदन दिन पुगेकी छन् । रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन भोलि इजलासमा पेश हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं