SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१८ गते
    ५७२ &#२३४६;&#२३३५;&#२३२५;

    कराँतेकी अनु अधिकारीले सोमबार १३ औ‌ं सागको पहिलो दिन ५० केजी तौल समूहमा स्वर्ण जितिन्। त्यो पनि विपक्षीलाई १ अंक नदिई। अनुले फाइनलमा श्रीलंकाकी डन टुउलुलाई ८-० हराउँदै नकआउट पारिदिइन्। ५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८-० ले नकआउट गरिन्।

    अर्थात् उनी विरूद्ध दुवै देशका खेलाडीले अंक जोड्न सकेनन्। त्यसो त सन् २०१६ मा भएको १२ औै सागमा भारतले कराँते खेल समावेश नगरेपछि अनु खेल्नबाट बञ्चित भएकी थिइन्। ११ औँ सागमा रजत जितेकी अनुलाई स्वर्णको तिर्खाले काकाकुल बनाएको थियो। कराँतेको फाइट ३ मिनेटको हुन्छ, एक सकेण्डमा खेल पल्टिन सक्छ ।

    स्वर्ण जितेपछि अनुले कुराकानीमा भनिन्, ‘मैले विपक्षीलाई कमजोर आकिन र एक सेकेण्ड पनि फोकस आउट भइन।’ सागका लागि आफूले जमेर तयारी गरेको अनु बताउँछिन्। महिना वारी हुँदा समेत प्रशिक्षण छोडेकी थिइन,’ अनुले गर्वसाथ सुनाइन्, ‘घाउ चोट लाग्दा पनि अनुशासित भएर प्रशिक्षणमा जुटेँ। त्यसैले मैले जीत हात पारेँ।

    अनुलाई जीत भन्दा ठूलो खुसी भने विपक्षीलाई अंक जोड्न नदिदाँ लागेको रहेछ । नकआउट ०-८, ०-८ स्कोर आयो’, अनुले खुसी हुदैँ भनिन्,’त्यो पनि निर्धारित समय भन्दा अगाडि खेल सकियो।’ आफू अब ओलम्पिकका लागि तयारीमा जुट्ने अनु बताउँछिन्। सन् २०२० मा हुने ओलम्पिकका लागि स्कलरसिपमा छनौट भएकी छु । अनुले भनिन्, ‘त्यसको लागि म अझै मिहिनेत गर्छु। ओलम्पिकमा कसरी पर्ने भनेर तयारी गरिरहेकी छु।’ आफूले शत प्रतिशत दिँदा खेलको नतिजा नै फरक पर्ने अनुको अनुभव छ। ‘जित्नुपर्छ भनेर खेलेँ र जितेँ,’ अनु भन्छिन्, ‘अब म कुनै होटलमा गएर रमाइलो गर्छु। सेतो पाटि डटकम बाट ।

    नेपालका लागि ऐतिहासिक पदक जितेकी सन्तोषी श्रेष्ठले आफूले एथ्लेटिक्स खेल्न गरेको त्यागको फल पाएको बताएकी छिन्।१३औं दक्षिण एसियाली खेलकुद (साग) मा सन्तोषीले १० हजार मिटर दौड जित्दै एथ्लेटिक्समा नेपालका लागि अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो खेलाडीको इतिहास बनाएकी थिइन्। सन्तोषीले मंगलबार दशरथ रंगशालाको ट्र्याकमा भएको प्रतिस्पर्धामा भारतीय धाविका कविता यादवलाई मिलिसेकेन्डमा पछि पारेर स्वर्ण जितेकी हुन्।अन्तिम सय मिटर बाँकी रहँदासम्म उनले भारतीय खेलाडीलाई पछि पारेकी थिइन्। तर ५० मिटर बाँकी रहदा भारतीय खेलाडीले उनलाई कडा टक्कर दिएकी थिइन्।

    ‘भारतीय खेलाडीले कुनबेला टक्कर दिने हो भन्ने लागेको थियो। नभन्दै ५० मिटर बाँकी रहँदा उनी तीव्र गतिमा कुद्न थालिन्,’ सन्तोषीले भनिन्,’त्यतिबेला मैले सब कुरा सम्झिएँ। मैले एथ्लेटिक्स खेल्न गरेको त्याग, छाडेको जागिर, घर परिवारको समर्थन, गुरुहरूको मिहिनेत, साथीहरूको हौसला सब सम्झिएँ। अनि जसरी पनि कुद्न पर्छ भनेर अन्तिम ५० मिटर सक्ने जति कुदें।’सन्तोषी र कविताले एकैपटक लाइन पार गरेका थिए।‘दौड पूरा गर्दा कसले जित्यो भन्ने थाहा भएको थिएन,’ उनले भनिन्।अफिसियल समय आएपछि सन्तोषी ०.००१ सेकेन्डले अघि रहदै स्वर्ण जित्न सफल भइन्।

    सन्तोषीले निर्धारित १० हजार मिटर ५ मिनेट ७.९४ सेकेन्डमा पूरा गरेकी थिइन्। यस्तै भारतकी कविताले ५ मिनेट ७.९५ सेकेन्डमा दौडिइन्।’आज मैले गरेको मिहिनेत पूराको फल भएको छु, ‘ उनले भनिन्, ‘यो स्वर्ण एक्लै सम्भव भएको होइन। प्रशिक्षक, परिवार र साथीहरुको समर्थनले यहाँसम्म आइपुगे।’ उनले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो महिला खेलाडी भएको गर्व लागेको बताइन्।’आफ्नो शतप्रतिशत दिएर खेल्छु भन्ने सोचेको थिए,’ उनले भनिन्,’यो मिहिनेतले नेपालका लागि पहिलो स्वर्ण हुन्छ भन्ने चाहि विश्वास थिएन।’ सेतोपाटी

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं