SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/३ गते
    ६७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । म्यादीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमबाट म्याग्दी र मुस्ताङका सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने नयाँ तथ्य फेला परेको छ ।प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने तथ्य भने हालै मात्र पत्ता लागेको हो ।

    बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुन र स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्न जिसीको पहलमा गरिएको खोज र अनुसन्धानबाट स्वर्गाश्रमबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिने तथ्य पत्ता लागेको हो ।

    प्राकृतिकरुपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न पाउनु अद्वितीय विशेषता पनि रहेको स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले बताउनुभयो । यहाँ तपस्वीनी ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धिप्राप्त गरेपछि देवघाटमा जानुभएको थियो । हाल यस क्षेत्रको प्रचारप्रसारका लागि समितिले तपस्वीनी ईश्वरानन्द सरस्वतीलाई पनि यही बोलाएको छ । अहिले तपस्वीनी सरस्वती घना जङ्गलको बीचमा रहेको स्वर्गाश्रममा एक्लै तप र ध्यान गरेर बसिरहनुभएको बेनपा–३ का वडाध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

    वडाध्यक्ष पुनका अनुसार सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन गर्न सकिने सम्भवतः नेपालकै पहिलो ठाउँ स्वर्गाश्रम हो । स्वर्गाश्रमको आँगनबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधान, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको यहाँबाट दर्शन गर्न सकिन्छ ।

    तपस्वीनी सरस्वतीका अनुसार पनि एकै ठाउँबाट सातवटा तीर्थस्थल दर्शन गर्न सकिने नेपालको एकमात्र ठाउँ स्वर्गाश्रम नै हो । स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनी बजारसँगै कालीगण्डकी, महारानी थान, उत्तरतर्फ गलेश्वरधाम, जगन्नाथधाम, मुक्ति क्षेत्रलगायतका तीर्थस्थलको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं