SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/३० गते
    १७५८ &#२३४६;&#२३३५;&#२३२५;

    गोविन्द रिजाल, पर्बत कुश्मा ।राष्ट्र निर्माणका अभियन्ता एवं परिबर्तनका सम्बाहक १८ देखि ४० बर्षसम्मका युवाहरुमा निहित जोश र जाँगरलाई विधिको शासन, आर्थिक न्याय, बिश्व बन्धुत्व र मनबताको सेवामा समाहित गराउदै तालिम र अभ्यासको माध्यमबाट युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकाश गर्ने उदेश्यले सन् १९९६ मा स्थापित पर्बत जेसीजले पहिलो पटक पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीता यहि कार्तिक ६ देखि ८ गते सम्म आयोजना गर्ने भएको छ।

    कक्षा १० सम्मका ले मात्र भाग लिन पाउने पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको र विद्यालय हरुलाई पनि पत्राचार गरिसकेको र पत्र प्राप्त नभए पनि यहि समाचार लाई आधार मानेर आफ्नो विद्यालयको टिम दर्ता गराउनु हुन अनुरोध पर्बत जेसीज का अध्यक्ष मोहन आचार्यले सूचनाकेन्द्र डटकम लाई बताउनु भयो। कुश्मा ज्ञादी झोलुंगे पुल संगैको खेल मैदानमा संचालन हुने प्रतियोगिताको बिजेताले (२०,०००)बिस हजार रनिंग सिल्ड र प्रमाण पत्र र उपविजेताले (१५,०००) पन्ध्र हजार र प्रमाण पत्र प्रप्त गर्ने छन् भने टिम दर्ता कार्तिक ५ बजे दिउसो ३ बजे भित्र जेसीजको सचिबालयमा गरिसक्नु पर्नेछ र उद्घाटन खेल ६ गते १ बजे बाट संचालन हुने कार्यकम संयोजक सुरेन्द्र पौडेल ले बताउनु भयो।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं