SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१४ गते
    १०३० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ, । युएईमा भएको सडक दुर्घटनामा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । फस्ट सेक्युरिटीमा काम गर्ने सेक्युरिटी गार्ड बोकेर गुडेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर दुर्घटना भएको थियो ।

    दुर्घटनामा नेपालका रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ। उनीहरुको ठेगाना भने खुलेको छैन ।

    ६ जना नेपालीको सडक दुर्घटनामा निधन भएको प्रति समवेदना प्रकट गर्दै नेपाली दूतावास आवुधाबीका राजदूत कृष्णप्रसाद ढकालले मृतकका लागि आवश्यक सहयोग दूतावासले गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् । दुर्घटनामा मृत्यु हुने अन्यमा पाकिस्तानी र भारतीय नागरिक रहेको युएईस्थित विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सोही दुर्घटनामा ६ जना घाइते भएका छन्। त्यहाँको स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं