SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२२ गते
    ४४७३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु स्वतः स्फूर्त रुपमा यसको प्रवद्र्धनमा लागेका छन् । पोखराको रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवद्र्धनमा विविध कार्यक्रमहरु गर्ने भएको छ ।

    क्लवले भ्रमण वर्षको सन्दर्भमा क्लवले एक दिने पदयात्रा समेत सम्पन्न गरेको छ । पोखराको लेकसाइडबाट विश्व शान्ति स्तुपसम्म गरिएको पदयात्रामा पोखराका करिब ३० जना युवाहरुले सहभागिता जनाएका थिए । नेपालको राष्ट्रिय झण्डा सहित शुरु भएको पदयात्राका क्रममा युवाहरुले भ्रमण वर्षको पोष्टर तथा पर्चाहरु वितरण गरिएको कार्यक्रम संयोजक मदन क्षेत्रीले बताए ।

    पदयात्राको क्रममा रानीवनमा क्लवको नियमित बैठक समेत सम्पन्न गरी विभिन्न निर्णयहरु गरिएको अध्यक्ष युदिप सुवेदी क्षेत्रीले बताए । उनका अनुसार नेपालमा पर्यटकहरुको संख्या वृद्धि भइरहँदा त्यसले पोखरालाई सबैभन्दा बढि लाभ मिल्ने हुनाले उनीहरु यसको प्रवद्र्धनमा लागिरहेका छन् ।

    क्लवले आगमी दिनमा यस्ता पदयात्राहरु निरन्तर गर्ने, क्लवका सदस्यहरुले सामाजीक संजालहरु मार्फत यसको प्रचार प्रसार गर्ने, क्लवका सबै कार्यक्रमहरुमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्ने तथा यसको प्रचार प्रसारका लागि देशका विभिन्न ठाउँहरु र विदेशमा समेत कार्यक्रम गर्ने तयारी क्लवले गरेको छ ।

    क्लवको नियमित प्रकाशनहरुमा समेत नेपाल भ्रमण वर्षको बारेमा जानकारी समावेश गरिएको र सो प्रकाशनहरु समेत कार्यक्रमहरुमा वितरण गरिने क्लवकी सचिव रोशनी विश्वकर्माले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं