SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/७ गते
    ६४८ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोनिया ।

    एनआरएनए पश्चिम क्षेत्र, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाति महासंघ क्यालिफोर्निया र क्यालिफोर्नियाका सबै स्थानीय संस्थाहरूले संयुक्त रूपमा एनआरएनए कप भलिबल प्रतियोगिता अप्रिल १२, १३ र नेपाल डे परेड एसएफ अप्रिल १४, २०२४ मा सान फ्रान्सिस्को शहरमा आयोजना गर्ने घोषणा गरेको छ ।

    हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि आयोजना भएको नेपाल परेड डेको अबसरमा हुने भलिवल प्रतियोगिता यसपाली थप रोचक बनेको छ । प्रतियोगिता पुरस्कार राशीको कारण झनै चर्चामा छ ।

    जसको प्रथम पुरस्कार १२ हजार अमेरिकी डलर, मेडल र प्रमाणपत्र हुनेछ । त्यस्तै दोस्रो पुरस्कार ७ हजार डलर, तेस्रो पुरस्कार ५ हजार डलर र चौथो पुरस्कार २ हजार डलरको हुनेछ ।

    अमेरिका राज्य भरीका सबैलाई आमन्त्रण गरिएको प्रतियोगिता भएको कारण पनि सबैको चासोको बिषय भएको गैर आवासीय नेपाली संघ अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु केसि(खत्री)ले बताउनु भएको छ ।

    खत्रीका अनुसार यो हामी सबै नेपाली भाषी र सस्कार मान्नेहरुको पर्व जस्तै भएकोले सबैले सबैतिरबाट सहयोगका हातहरु साथमा प्रत्येक्ष सहभागितको अपेक्षा रहेको पनि बताउनु भयो ।

    हामी सबै व्यक्ति र समुदायका सदस्यहरूलाई यो मेगा इभेन्टमा संयुक्त राज्य अमेरिकामा रहेका नेपाली-अमेरिकी समुदायको प्रतिनिधित्व गर्न सहयोग गर्न अनुरोध गरी खबर गरेको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरि ओझाले बताउनु भयो । ओझाका अनुसार खेल तथा नेपाल परेड डे को धेरै कुराहरु सफल भएको र केहि कामहरु मात्रै बाकि रहेकोले अब कार्यक्रमलाई भब्य बनाउने तयारीमा जुटेको बताउनु भयो ।

    एनआरएनए क्यालिफोर्निया च्यापटरले क्यालिफोर्नियामा रहेका सबै नेपाली स्थानीय संस्थाहरूलाई मुख्य पोस्टर/फ्लायरको लागि आफ्नो संस्थाको लोगो पठाउन विनम्र अनुरोध गरेको छ ।

    भलिबल प्रतियोगिताको लागि सुरेन्द्र मल्ल, बासु क्षेत्री, पवन शर्मालाई सम्पर्क गर्न सकिने जानकारी समेत दिएको छ । साथै, प्रायोजनको लागि NRNA USA क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष तेजेन्द्र बराललाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं