SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/१ गते
    ३९४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार पठाएको छ ।न्यायाधीश रामचन्द्र शर्माको एकल इजलाशले भट्टराईलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

    सुनसरी जिल्ला, इनरुवा नगरपालिका ५ घर भएका भट्टराईलाई काठमाडौं प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ परेका उनलाई शुक्रबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।

    यससँगै सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको संख्या ५ पुगेको छ । यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल पक्राउ परिसकेका छन् । उनीहरु पनि पुर्पक्षका लागि थुनामै छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । राईसहित १४ जना अझै फरार छन् ।

    सहकारीका बचतकर्ताले २२ माघमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित थप व्यक्ति तथा संस्था गरी १८ जनाविरुद्ध छानबिन गर्न पूरक जाहेरी समेत दिएका छन् । बचतकर्ताले दिएको पूरक जाहेरीबारे अनुसन्धान प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।सूर्यदर्शनका पदाधिकारीमाथि बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

    पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं