SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/८ गते
    ४५८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ, माघ  ८–शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि खुला गरेको विज्ञापनमा अहिलेसम्म ४१ हजार भन्दा बढीले दिएका छन् ।

    आयोगले पुस ८ गते खुला गरेको विज्ञापन नियमित शुल्कमा आवेदन दिने आज अन्तिम रहेकोले आवेदकको संख्यामा वृद्धि भइरहेको आयोगले जानकारी दियो । आवेदन दिने मध्ये ३५ हजार ६ सय ९० ले आवेदन शुल्क बुझाएका छन् भने बाँकी रहेकाले आज बेलुकासम्म बुझाउन मिल्ने भएकोले आवेदकको संख्या अझै बढ्ने आयोगको भनाई छ ।

    आयोगको लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूले २०८० माघ ८ गतेसम्म सिंगल दस्तुर र माघ १५ गतेसम्म अविलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन दरखास्त फाराम भर्न सक्नेछन्। त्यसैगरी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्तिका लागि ४ सय ५१ पद सङ्ख्यामा आवेदन माग गरेको छ । साथै नेपाली विषयका लागी ७०, अङ्ग्रेजीका लागि ८१, गणितका लागि ८८, विज्ञानका लागि १२६, सामाजिकका लागि ५६, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा विषयका लागि १७, संस्कृत व्याकरणका लागि ३ र कम्प्युटर विज्ञानका लागि ३ पद सङ्ख्यामा आवेदन माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं