SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१८ गते
    ३८४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक भएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र सङ्गीत छ । गीतको भिडियोमा टेलिफिल्मका का मुख्य कलाकारहरु राज थापा, अविराज विसी, ममता अधिकारी र सरु शर्मा ‘दिया’ फिचर्ड छन। नेत्र गुरुङको सम्पादन र निर्देशन रहेको भिडियोमा रोहन आशिभको कोरियोग्राफी छ ।

    टेलिफिल्मका लेखक तथा निर्देशक बासुदेव पोखरेल हुन् । उनले अभिनय पनि गरेका छन् । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिफिल्म यही साउन २४ गतेबाट ओएसआरको युटुबबाट सार्वजनिक हुँदैछ। टेलिफिल्म निर्देशक घनश्याम लामिछाने र निर्माता मणिरत्न शर्माले मिलेर निर्माण गरेका हुन् ।

    सिरियलमा दुई गाउँ कर्कले गाउँ र चिचिन्डे गाउँ बीचको प्रेम द्धन्दलाई प्रस्तुत गरिएको छ । सधैं जमीन तिर मात्रै हेर्ने, साधारण मानिसले झै सीधा हेर्न नसक्ने, आकाशतिर टाउको उठाउनै नसक्ने बानी भएको असाधारण व्यक्तित्व व्यक्ति कर्कले मामाको कथामा टेलिफिल्म निर्माण भएको लेखक र निर्देशक बासुदेव पोखरेलले बताए ।

    टेलिफिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, सरु शर्मा “दिया”, दिपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल, शिव बराल, राजकुमार गुरुङ, नबराज लामिछाने, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछाने लगायतका कलाकारको अभिनय छ ।

    टेलिफिल्ममा सिद्वार्थ गौतमको छायांकन, क्यामुदिन मियाको सम्पादन र मिक्सिङ्ग, समीर मियाको कलर, जय गुरुङ र आशिष गुरुङको श्रृंगार, सविन गायकको पोष्टर र टाइटल डिजाइन, राजकुमार त्रिखत्रीको पार्श्व संगीत छ ।टेलिफिल्मको शिर्ष गीतमा किशोर सुबेदीको संगीत र गायन रहेको छ । अर्को गीतमा विकास चौधरीको संगीत र स्वर रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं