SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१४ गते
    ७२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

    नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

    सिप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनोटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ । ईपीएस प्रणालीमार्फत् दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सिप परीक्षण दुवैमा पास हुनुपर्छ । ईपीएस कोरिया शाखाले आज सूचना निकालेर पानीजहाज कम्पनीको लागि भाषा परीक्षा असोज १ गतेदेखि हुने जनाएको छ ।

    परीक्षास्थल र समय भदौको ८ गते प्रकाशित हुनेछ । भाषा परीक्षाबाट झण्डै दुई हजार पाँच सयको अन्तिम नतिजा प्रकाशन हुनेछ । तर कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप परीक्षणमा सहभागी भइ उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सक्ने छन् ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नै दक्षिण कोरियाले सिप बिल्डिङको काममा नेपाली श्रमिक लैजान लागेको हो । यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू ईपीएस प्रणालीमार्फत् दक्षिण कोरिया गइरहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं