SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१० गते
    २८३५ &#२३४६;&#२३३५;&#२३२५;

    बागलुङ।

    वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको होटल संचालकबाटै हत्या भएको खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय बागलुङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ईलाका प्रहरी कार्यालय भिमगिठे बागलुङमा कार्यरत पौडेलको बडिगाड गाउँपालिका -६ खाल बजार स्थित ‘आशा होटल एण्ड खाजा घर’ का संचालकले हत्या गरेको खुलेको हो।

    बागलुङका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता मदन केसीका अनुसार पौडेल गत सोमबार (साउन ८ गते ) अन्दाजी साँझको ८ बजे तीर उक्त खाजा घरमा गएकोमा होटल संचालिका ५१ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा विनोद कुँवरसँग सामान्य विवाद भएको र विवादले उग्र रुप लिँदै गएपछि छोरा विनोदले पौडेलको टाउकोमा मुक्काले हानेर बेहोस बनाएका थिए।

    भुँइमा ढलेका पौडेललाई अन्दाजी ९:३० बजे तीर आमा छोराले पुनः पर्दाले घाँटी थिचेर हत्या गरी उनले घाँटीमा लगाएको सुनको सिक्री समेत फुकालेर लुकाई राखेको प्रवक्ता केसीले जानकारी दिए।

    पौडेल मृत फेला परेको भन्ने घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीको टोलीले होटल संचालक आमा छोरा दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेकोमा प्रारम्भिक अनुसन्धानमा उनीहरुले हत्या गरेको खुलेको केसीले बताए।

    उनीहरूमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको काम थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं