SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१० गते
    ७९८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  ।

    नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको संसद बैठकमा गत हप्ता भन्सार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आरोप लगाउँदै मन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै एमालेले सदन अवरुद्ध गरेको हो ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद अवरोधलाई अन्य प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले साथ दिएनन् । आजको बैठकमा एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गर्दा राप्रपा र रास्वपा भने आफ्नो स्थानमा बसिरहेका छन् ।

    यसअघि एमालेले गरेका सबै सदन अवरोधलाई साथ दिदै आएको राप्रपा रास्वपाले यसपटक भने एमालेलाई साथ नदिएको हो ।यसअघि एमालेसँग मिलेको भन्दै रास्वपा र राप्रपाको निक्कै आलोचना हुँदै आएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं