SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/७ गते
    ४४० &#२३४६;&#२३३५;&#२३२५;

    राजाराम पौडेल, पोखरा ।
    नेपालका प्रज्ञा प्रतिष्ठानबिच पोखरामा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा साउन १३ गते शनिबार आयोजना हुने अन्तरक्रिया कार्यक्रममा गण्डकी सहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेश प्रज्ञा प्रतिष्ठान र सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागीता रहनेछ ।

    गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका बिचमा अनुभव आदानप्रदान तथा सम्बन्ध बिस्तार गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको उनले खुलाए । अन्तरक्रिया कार्यक्रम सहित अन्य विभिन्न छलफल तथा भेटघाट कार्यक्रम समेत हुने उनको भनाई छ । ‘यो साउन १२, १३ र १४ गते हुने तीन दिने कार्यक्रम हो, मुख्य कार्यक्रम १३ गते शनिबार हुनेछ, सो कार्यक्रम मार्फत एउटा निष्कर्षमा पुग्ने प्रयास गर्छौ’ उनले भने ।

    कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागीता जनाउनेछन् । केही कार्यक्रम प्रतिष्ठानहरुबिच सहकार्य गरेर गर्दा प्रभावकारी हुने भएकोले सहकार्यको वातावरण समेत यो कार्यक्रमबाट बन्ने उनको विश्वास छ ।

    यसैगरी स्वामी विवेकानन्द कल्चरल सेन्टर काठमाण्डौं तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा दूई दिने फोटो प्रर्दशनी कार्यक्रम समेत हुने भएको छ । यो प्रर्दशनी पोखरा सभागृहमा साउन १० र ११ गते हुने भएको हो । यी दुई कार्यक्रमलाई भव्य बनाउन तयारीमा तिव्रता दिइएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं