SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/७ गते
    २५४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको शनिबार एक कार्यक्रमका विच नवौं चार्टड नाइट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका भाइस डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै अर्यालले क्लबले गरेको कामप्रति उच्च सम्मान व्यक्त गर्दै अझ रचनात्मक र समाजमा आवश्यक परेको क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।

    स्पोन्सर क्लव लायन्स क्लव अफ पोखरा सृजना चौतारीका सिनियर एड्भाइजर बिना गुरुङले क्लवले स्थापनाको छोटो समयमा गरेको सफलताको प्रशंसा गरिन् । उनले डिष्ट्रिक टुक्रिँदा आफ्नै सन्तान आफुबाट छुट्टिएर गएकोजस्तो महशुस गरेको बताइन् ।

    कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दुर्गाकुमारी आचार्यले क्लवको बारेमा बोल्दै छोटो समयमा क्लवले समाजमा बनाएको उचाईंलाई निरन्तरता दिन आग्रह गरिन् ।

    संस्थाका अध्यक्ष लक्ष्मी बराल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर धनिराम बराल, सिनियर एडभाईजर मैना अर्याल , पढाऔं अभियानका चिफ पुष्पाकुमारी आचार्य, रिजन चेयर पर्सन भोजराज बराल, जोन चेयर पर्सन गिता पराजुली, दयाराम सापकोटा लगायतले बोलेका थिए ।

    क्लबका प्रथम उपाध्यक्ष मेनका पौडेल को संयोजकत्व मा भएको कार्यक्रमको सञ्चालन सचिव अमृता अधिकारीले गरेकी थिइन् । महिला मात्रै सदस्य रहेको क्लवले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । क्लवमा ३४ जना सदस्य छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं